टी–२० विश्वकपको समूह चरणमै भिड्नेछन् भारत र पाकिस्तान
सारांश
- आईसीसीले २०२६ को टी-२० विश्वकपको तालिका सार्वजनिक गरेको छ, जसमा भारत र पाकिस्तान एउटै समूहमा परेका छन्।
- भारत र श्रीलंकामा आयोजना हुने प्रतियोगितामा फेब्रुअरी १५ मा कोलम्बोमा भारत र पाकिस्तानबीच खेल हुनेछ।
- प्रतियोगितामा २० टोलीले प्रतिस्पर्धा गर्नेछन्, जसमा भारतका रोहित शर्मा ब्रान्ड एम्बेसडर छन् र नेपालले इङ्ल्यान्डसँग खेल्नेछ।
काठमाडौँ । आईसीसीले आज मंगलबार सार्वजनिक गरेको सन् २०२६ को टी–२० विश्वकप तालिकाअनुसार भारत र पाकिस्तान एकै समूहमा परेका छन् ।
तालिकाअनुसार यी दुई राष्ट्रबिच समूह चरणको पहिलो खेल फेब्रुअरी १५ मा कोलम्बोमा हुने भएको छ ।
यो प्रतियोगिता भारत र श्रीलंकाका सात सहरका ८ स्थानमा आयोजना हुने भएका छन् । २९ दिनसम्म चल्ने यस प्रतियोगितामा कुल ५५ खेलहरू हुनेछन् । भारतका विश्वकप विजेता कप्तान रोहित शर्मालाई यस टुर्नामेन्टको ब्रान्ड एम्बेसडर बनाइएको छ ।
मुम्बईमा भएको आईसीसीको कार्यक्रममा समितिका अधिकारीहरूले उद्घाटन खेल भारत र अमेरिकाबिच हुने जानकारी दिए । समूह चरणमा हरेक दिन ३ खेल खेलाइनेछन् । फाइनल खेल अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ। यदि पाकिस्तान नकआउट चरणमा प्रवेश गर्यो भने उनीहरूका खेलहरू श्रीलंकामा हुनेछन् । यस टूर्नामेंटमा २० टोलीहरूलाई ४ विभिन्न समूहमा विभाजन गरिएको छ ।
भारतका ५ र श्रीलंकाका ३ स्थानमा खेलहरू हुनेछन् । जसअनुसार भारतको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियम, नयाँ दिल्लीको अरुण जेटली स्टेडियम, कोलकाताको इडेन गार्डेन स्टेडियम, चेन्नईको चेपोक स्टेडियम र मुम्बईको वानखेडे स्टेडियममा विश्वकपका खेलहरू आयोजना गरिनेछन् ।
त्यस्तै श्रीलंकामा कोलम्बो र क्यान्डीमा खेलहरू हुनेछन् । कोलम्बोमा आर प्रेमदासा र सिनहले स्पोर्ट्स क्लब स्टेडियममा खेलहरू आयोजना गरिनेछन् । भारतीय टोलीले मुम्बई, दिल्ली, कोलम्बो र अहमदाबादमा समूह चरणका खेलहरू खेल्नेछ ।
यस प्रतियोगितामा नेपालले भने पहिलो खेल इंग्ल्यान्डविरुद्ध माघ २५ गते खेल्दै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण