कोशी प्रदेशमा थपिए डेढ लाख नयाँ मतदाता
विराटनगर । फागुन २१ गते हुने निर्वाचनका लागि कोशी प्रदेशमा एक लाख ५६ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् ।
निर्वाचन आयोगले गत असोज १० गतेदेखि मङ्सिर ५ गतेसम्म सञ्चालन गरेको नामावली सङ्कलनपछि कोशी प्रदेशका १४ जिल्लाबाट जम्मा एक लाख ५७ हजार ६१३ जना नयाँ मतदाता थपिएको तथ्याङ्क सार्वजनिक गरेको हो ।
आयोगका अनुसार यो सङ्ख्या विभिन्न जिल्ला निर्वाचन कार्यालयमा पुगेर नाम दर्ता गराउने तथा राष्ट्रिय परिचयपत्र अभिलेखबाट स्वतः समावेश हुने दुवै प्रक्रियाबाट प्राप्त भएको हो ।
प्रदेश निर्वाचन कार्यालय विराटनगरले दिएको विवरण अनुसार कागजातसहित स्वयं कार्यालय पुगेका ५८ हजार ९२५ जनाले फोटोसहितको मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका छन् ।
त्यसै गरी राष्ट्रिय परिचयपत्रको अभिलेखमा आधारित भएर ९८ हजार ६८८ जना नागरिकको नाम आफ्नो मतदाता सूचीमा समावेश गरिएको छ ।
यसअघि कोशी प्रदेशमा ३४ लाख ३३ हजार नौ सय जना मतदाता दर्ता थिए । नयाँ दर्ता हुने मतदातामध्ये सबैभन्दा धेरै मोरङबाट ४४ हजार ४०२ जना रहेको आयोगले उल्लेख गरेको छ ।
त्यसपछि झापाबाट ३५ हजार ३१९ जना र सुनसरीबाट ३२ हजार ३८२ जना थपिएका छन् । यी तीनै जिल्लालाई प्रदेशका सर्वाधिक जनघनत्व तथा मतदाता विस्तार हुने क्षेत्रका रूपमा पुनः पुष्टि गरेको छ । पहाडी तथा हिमाली जिल्लाबाट पनि उल्लेख्य सङ्ख्यामा नागरिक नामावलीमा समावेश भएका छन् ।
ताप्लेजुङबाट तीन हजार, पाँचथरबाट चार हजार ३८९, इलामबाट छ हजार ६४, सङ्खुवासभाबाट दुई हजार ८०८, तेह्रथुमबाट तीन हजार ६७७, धनकुटाबाट तीन हजार २७२ जना नयाँ मतदाता दर्ता भएका छन् ।
त्यस्तै भोजपुरमा दुई हजार ९०९, खोटाङमा चार हजार १६२, सोलुखुम्बुमा ५८०, ओखलढुङ्गामा पाँच हजार ९३२ र उदयपुरमा आठ हजार ७१७ जनाको नाम समावेश भएको छ ।
आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले देशभर फोटोसहितको नामावली अद्यावधिक अभियान सञ्चालन गरिरहेको छ ।
अहिले सङ्कलित सबै विवरणको सूक्ष्म परीक्षण र दुरुस्ती भइरहेको आयोगले जनाएको छ । यस क्रममा दोहोरिएका नाम हटाउने, एउटै व्यक्तिले विभिन्न स्थानबाट गरेको दर्तालाई मिलाउने तथा व्यक्तिगत विवरणमा देखिएका त्रुटि सच्याउने कार्य प्राथमिकताका साथ अगाडि बढाइने निर्वाचन कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण