बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

आजदेखि बन्दीपुर महोत्सव

बुधबार, १० मङ्सिर २०८२, १२ : ०६
बुधबार, १० मङ्सिर २०८२

सारांश

  • पर्यटन प्रवर्द्धनका लागि बन्दीपुरमा आजदेखि महोत्सव सुरु भएको छ।
  • महोत्सव मंसिर २१ गतेसम्म चल्नेछ, जसमा दुई लाख पर्यटक आउने अनुमान छ।
  • महोत्सवमा स्थानीय कला, संस्कृति, र साहसिक खेलहरूको प्रदर्शनी हुनेछ।

तनहुँ । पर्यटन प्रवर्द्धनको उद्देश्यका साथ तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजनामा पर्यटकीय नगर बन्दीपुरमा आजदेखि बन्दीपुर महोत्सव सुरु भएको छ ।

‘उद्योग, व्यापार, पर्यटन र कृषिको प्रवर्द्धन : स्थानीय कला र संस्कृतिको संरक्षण’ नाराका साथ बन्दीपुर गाउँपालिका–४ टुँडिखेलमा मङ्सिर २१ गतेसम्म महोत्सव सञ्चालन हुनेछ ।

महोत्सव दुई लाख पर्यटकले अवलोकन गर्ने र त्यहाँ रु पाँच करोडबराबरको कारोबार हुने अनुमान गरिएको उद्योग वाणिज्य सङ्घ डुम्रे एकाइ सभापति घनश्याम उपाध्यायले बताए ।

महोत्सवमा आउने पर्यटकलाई खड्गदेवी मन्दिर, पहाडपानी महादेव, विन्ध्यवासिनी, थानीमाई, महालक्ष्मी, चामुण्डामाई, भुत्याहा बराहा, सन्तानेश्वर महादेव, मणिमुकुुन्द सेन दरबार, टुँडिखेल, रानीवनको भ्रमण गराइने उनले जानकारी दिए ।

त्यसैगरी, महोत्सवमा सहासिक पर्यटन खेल, चट्टान आरोहण, प्याराग्लाइडिङ, सेती जलयात्रा र साइक्लिङिको व्यवस्था गरिएको छ । महोत्सवमा घरेलु तथा हस्तकला, कृषि उपज, सेवामूलक संस्था, होटल रेष्टुराँ, सूचना केन्द्र र सवारीसाधनका प्रदर्शनी एवं बिक्रीकक्ष रहने छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप