बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
समाचार

नवनियुक्त मुख्य सचिवले भने– वर्तमान सरकारको प्रमुख कार्यभार दुई वटामात्र

बुधबार, १० मङ्सिर २०८२, १४ : ३६
बुधबार, १० मङ्सिर २०८२

सारांश

  • नवनियुक्त मुख्य सचिव सुमनराज अर्यालले वर्तमान सरकारको प्रमुख कार्यभारबारे प्रस्ट पारे।
  • उनका अनुसार, सरकारको मुख्य कार्यभार २०८२ फागुन २१ गते प्रतिनिधि सभाको चुनाव सम्पन्न गर्नु हो।
  • भ्रष्टाचारमुक्त र सुशासनयुक्त शासन व्यवस्था कायम गर्न सरकारलाई सहयोग गर्नुपर्ने उनको भनाइ छ।

काठमाडौँ । नवनियुक्त मुख्य सचिव सुमनराज अर्यालले जेनजी आन्दोलनपछि गठित वर्तमान सरकारको प्रमुख कार्यभार दुई वटामात्र रहेको प्रस्ट पारेका छन् ।

पद बहालीपछि बुधबार विभिन्न मन्त्रालयका सचिव तथा कर्मचारीहरूलाई सम्बोधन गर्दै मुख्य सचिव अर्यालले २०८२ फागुन २१ गते प्रतिनिधि सभाको चुनाव सम्पन्न गर्ने र भ्रष्टाचारमुक्त, सुशासनमुक्त शासन व्यवस्था कायम गर्ने वर्तमान सरकारको प्रमुख दुई कार्यभार रहेको बताए ।

‘सरकारका काँधमा रहेका यी दुई महत्त्वपूर्ण जिम्मेवारीलाई पूरा गर्न सरकारलाई सबै हिसाबले सहयोग गर्न हामी समग्र प्रशासन यन्त्र प्रतिबद्ध र क्रियाशील हुन जरुरी छ,’ उनले भने ।

मुख्यसचिव अर्यालले आफू ‘टिम स्प्रिट’मा काम गर्ने कुरामा विश्वास गर्ने भन्दै निजामती सेवाका सबै तहका कर्मचारीलाई तोकिएको जिम्मेवारी समयमै सम्पादन गर्न आग्रह गरे ।

जेनजी पुस्ताले असल र उत्तरदायी शासनको माग गरेको, देशभित्रै गरिखाने वातावरण निर्माणका लागि दबाब दिएको मुख्यसचिव अर्यालले प्रस्ट पारे ।

‘यो कुरालाई हामीले गम्भीरताका साथ मनन गरी तदनुसार काम गर्न आवश्यक छ,’ उनले भने, ‘यस सन्दर्भमा निजामती सेवालाई जनउत्तरदायी, सदाचार युक्त र आधुनिक प्रविधिमा आधारित नतिजामुखी संयन्त्रको रूपमा स्थापित गर्न नेतृत्व तहमा काम गर्ने हामीले आवश्यक पहलकदमी लिनुपर्दछ ।’  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप