शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
सामाजिक सञ्जाल

अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने निर्णयविरुद्ध अदालतमा रिट

बुधबार, १० मङ्सिर २०८२, १७ : ३०
बुधबार, १० मङ्सिर २०८२

काठमाडौं । बालबालिकालाई सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध लगाउने सरकारी निर्णयविरुद्ध अस्ट्रेलियाको सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ । आफ्नो स्वतन्त्रता खोसेकोभन्दै सरकारको निर्णयविरुद्ध दुई जना किशोरकिशोरी १५ वर्षीय नोआ जोन्स र मेसी नेल्यान्ड सर्वोच्च पुगेका हुन् । 

डिसेम्बर १० देखि अस्ट्रेलियामा फेसबुक, टिकटक, युट्युबसहितका सामाजिक सञ्जालमा १६ वर्षभन्दा कम उमेरका बालबालिकाले पहुँच पाउने छैनन् । 

सरकार र विभिन्न अभियन्ताहरूले यो कदमलाई बालबालिकालाई हानिकारक सामग्री र एल्गोरिदमबाट बचाउने उपायका रूपमा प्रस्तुत गरेका छन् । तर यस्तो प्रतिबन्धले बालबालिकाहरूको अधिकारलाई पूर्ण रूपमा बेवास्ता गरेको दाबी जोन्स र नेल्यान्डको छ । 

‘हामी चुप लागेर बस्नु हुँदैन । यो त अर्वेलको ‘१९८४’ जस्तै भयो, त्यसले त निकै तर्साउँछ,’ नेल्यान्डले भनेकी छन् । 

तर सरकार निर्णयबाट पछि नहट्ने बताइरहेको छ । सञ्चार मन्त्री एनिका वेल्सले संसद्मा सरकार ठुला प्रविधिको कुनै पनि धम्कीबाट नडराउने बताएकी छन् । ‘अस्ट्रेलियाली अभिभावकहरुको पक्षमा हामी अडिग छौं,’ उनले भनिन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप