एआई क्षेत्रमा भारतको ठुलो लगानी : रिलायन्सले विशाखापट्टनममा केन्द्र बनाउँदै
सारांश
- रिलायन्सले विशाखापट्टनममा ११ अर्ब डलर लगानी गरी एआई केन्द्र बनाउने भएको छ।
- गुगलले पनि १५ अर्ब डलरको लगानीमा सूचना केन्द्र बनाउने योजना बनाएको छ।
- एआई प्रविधिमा भारतको माग बढ्दो छ, र धेरै कम्पनीहरूले यहाँ लगानी बढाउँदैछन्।
बेंगलुरु । भारतको रिलायन्स उद्योग समूहले क्यानडाली र अमेरिकी साझेदार कम्पनीहरूसँग मिलेर आन्ध्र प्रदेशको विशाखापट्टनम शहरमा विशाल कृत्रिम बुद्धिमत्ता (एआई) केन्द्र निर्माण गर्न ११ अर्ब डलर बराबरको लगानी गर्ने भएको छ । राज्य सरकारले बुधबार यो जानकारी सार्वजनिक गरेको हो ।
पाँच वर्षमा पूरा हुने भनिएको परियोजनाअन्तर्गत एक गिगावाट क्षमताको ठुलो कृत्रिम बुद्धिमत्ता (एआई) केन्द्र निर्माण गरिनेछ ।
यही शहरमा गुगलले पनि हालै १५ अर्ब डलर बराबरको सूचना–केन्द्र तथा एआई संरचना विकास गर्ने योजनाको घोषणा गरेको छ, जुन अमेरिकाबाहिरको उसको सबैभन्दा ठुलो परियोजना मानिन्छ ।
रिलायन्स, क्यानडाको ब्रुकफिल्ड र अमेरिकास्थित डिजिटल रियल्टी मिलेर बनेको संयुक्त परियोजनाले यो लगानी अघि बढाउनेछ ।
आन्ध्र प्रदेशका मुख्यमन्त्री एन. चन्द्रबाबु नायडूले सामाजिक सञ्जालमा उल्लेख गरे, “यो लगानीले रोजगारी, नयाँ प्रविधि विकास र विश्वस्तरका लगानी आकर्षित गर्ने कामलाई थप गति दिनेछ ।”
राज्य सरकारले जारी गरेको वक्तव्यमा यो परियोजना आन्ध्र प्रदेशलाई उन्नत डिजिटल पूर्वाधार र भविष्यको उच्च क्षमता कम्प्युटिङ प्रविधिको प्रमुख केन्द्रका रूपमा उभ्याउने उल्लेख छ ।
भारतमा एआई प्रविधिको माग तीव्र रूपमा बढेको छ, र यस वर्ष अन्त्यसम्म इन्टरनेट प्रयोगकर्ता नौ सय करोडको नजिक पुग्ने अनुमान गरिएको छ ।
बढ्दो डिजिटल डाटाको भण्डारण तथा ऊर्जा–खपत धेरै हुने एआई प्रणाली सञ्चालनका कारण यस्ता केन्द्रहरूको माग विश्वभर तीव्र रूपमा बढिरहेको छ ।
यसैबिच, अमेरिकास्थित प्रमुख एआई कम्पनीहरूले पनि भारतमा विस्तार र लगानीका योजना निरन्तर घोषणा गरिरहेका छन् ।
अक्टोबरमा एआई कम्पनी एनथ्रोपिकले आगामी वर्ष भारतमा कार्यालय खोल्ने जनाएको थियो, र त्यहाँका प्रमुख दारियो अमोडेइले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटेका थिए ।
ओपनएआईले पनि यसै वर्ष भारतमा कार्यालय स्थापना गर्ने घोषणा गरेको छ । संस्थाका प्रमुख साम आल्टम्यानका अनुसार, भारतमा च्याटजीपीटी प्रयोग गत वर्षको तुलनामा चार गुणाले बढेको छ ।
पप्र्लेक्सिटी नामक एआई कम्पनीले जुलाई महिनामा भारतीय दूरसञ्चार कम्पनी एयरटेलसँग साझेदारी गर्दै ३६ करोड प्रयोगकर्तालाई एक वर्षका लागि निःशुल्क प्रिमियम सेवा उपलब्ध गराउने घोषणा गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण