भारतले शेख हसिनाको प्रत्यर्पणसम्बन्धी बंगलादेशको अनुरोधमा दियो यस्तो प्रतिक्रिया
बिहीबार, ११ मङ्सिर २०८२, ०१ : ०१
सारांश
- भारतले बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई प्रत्यर्पणबारे बंगलादेशको अनुरोध प्राप्त गरेको पुष्टि गर्यो।
- भारतीय विदेश मन्त्रालयले न्यायिक र आन्तरिक कानुनी प्रक्रियालाई विचार गरेर निर्णय लिने जनाएको छ।
- शेख हसिनालाई बंगलादेशको अदालतले मानवताविरुद्धको अपराधमा मृत्युदण्डको सजाय सुनाएको थियो।
काठमाडौँ । भारतले बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई प्रत्यर्पण गर्नेबारे बंगलादेशले पठाएको अनुरोध प्राप्त भएको पुष्टि गरेको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले बुधबारको नियमित प्रेस ब्रिफिङमा ‘अनुरोध प्राप्त भएको र अहिले त्यसलाई अध्ययन गरिरहेको’ औपचारिक प्रतिक्रिया दिएका हुन्।
उनले हाल चलिरहेको न्यायिक र आन्तरिक कानुनी प्रक्रियालाई ध्यानमा राखेर निर्णय लिइने बताए । उनले भारत बंगलादेशका जनताका हितलाई प्राथमिकता दिने प्रतिबद्धता पनि व्यक्त गरे।
बंगलादेशको अन्तर्राष्ट्रिय अपराध ट्राइब्युनलले शेख हसिनालाई मानवताविरुद्धका अपराधको आरोपमा गैरहाजिरीमै मृत्युदण्ड सुनाएको थियो। उनी बंगलादेश छाडेपछि भारतमै बस्दै आएकी छिन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाह निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्ने
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण