ह्वाइट हाउस नजिकै गोलीकाण्ड, दुई नेशनल गार्डको मृत्यु
बिहीबार, ११ मङ्सिर २०८२, ०३ : ०७
सारांश
- वासिङ्टन डीसीस्थित ह्वाइट हाउस नजिकै भएको गोलीकाण्डमा दुई नेशनल गार्ड सदस्यको मृत्यु भएको छ।
- प्रहरीले एक शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ र राष्ट्रपति ट्रम्पले उनी घाइते भएको बताएका छन्।
- वेस्ट भर्जिनियाका गभर्नरले घटनाप्रति दुःख व्यक्त गर्दै छानबिनको माग गरेका छन्।
काठमाडौँ । अमेरिकाको राजधानी वासिङ्टन डीसीस्थित ह्वाइट हाउस नजिकै भएको बुधबारको गोलीकाण्डमा दुई नेशनल गार्ड सदस्यको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरीले एक जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको र घटनास्थल सुरक्षित गरिएको समाचार बीबीसीले प्रकाशन गरेकाे छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सो शंकास्पद व्यक्ति ‘गम्भीर रूपमा घाइते’ रहेको बताएका छन्।
घटनाप्रति वेस्ट भर्जिनियाका गभर्नरले गहिरो दुःख व्यक्त गर्दै भने, ‘वेस्ट भर्जिनिया हाम्रो वीरहरूको सेवा र बलिदान कहिल्यै बिर्सने छैन। यो भयावह कृत्यका लागि हामी पूर्ण जिम्मेवारी माग गर्नेछौँ।’
स्थानीय अधिकारीहरूका अनुसार तीन जनालाई अस्पताल लगिएको छ भने तेस्रो व्यक्तिको पहिचान र अवस्था भने स्पष्ट गरिएको छैन।
घटनाबारे अनुसन्धान जारी छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण