दल दर्ता
यी हुन् एकल चुनाव चिह्न लिने गरी निर्वाचन आयोगमा दर्ता भएका दलहरू
बिहीबार, ११ मङ्सिर २०८२, ०८ : ४९
सारांश
- आगामी फागुन २१ गते हुने निर्वाचनका लागि विभिन्न दलहरू एकल चुनाव चिह्न लिने गरी निर्वाचन आयोगमा दर्ता भएका छन्।
- नेपाल सङ्घीय समाजवादी पार्टी, बहुमत एकता पार्टी नेपाल र नेपाल जनजागृति पार्टी एकल चुनाव चिह्नबाट चुनाव लड्ने भएका छन्।
- राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी नेपाल पनि एकल चुनाव चिह्नबाट निर्वाचनमा भाग लिने भएका छन्।
काठमाडौँ । आगामी फागुन २१ गते हुन गइरहेको निर्वाचनमा विभिन्न दलहरू एकल चुनाव चिह्न लिने गरी निर्वाचन आयोगमा दर्ता भएका छन् ।
नेपाल सङ्घीय समाजवादी पार्टी, बहुमत एकता पार्टी नेपाल र नेपाल जनजागृति पार्टी एकल चुनाव चिह्नबाट चुनाव लड्ने गरी आयोगमा दर्ता भएका छन् ।
त्यस्तै अनुपकुमार उपाध्याय नेतृत्वको उज्यालो नेपाल पार्टी र खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपाल पनि एकल चुनाव चिह्नका साथ निर्वाचनमा जाने भएका छन् ।
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी र कबिर सोप नेतृत्वको नागरिक उन्मुक्ति पार्टी नेपाल पनि एकल चुनाव चिह्नबाट निर्वाचनमा भाग लिने भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण