काठमाडौँ । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो खेलमा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सविरुद्ध आठौँ सफलता हात पारेको छ ।
त्रिवि क्रिकेट मैदानमा बिहीबार पोखराले दिएको १५६ रनको लक्ष्य पछ्याएको जनपुरले रुपेश सिंहको रूपमा आठौँ विकेट गुमाएको हो ।
रुपेशलाई पोखराका जिम्मी निशमले ७ रनमा क्याच आउट गरे ।
काठमाडौँ । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो खेलमा बिहीबार पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सविरुद्ध सातौँ सफलता हात पारेको छ ।
त्रिवि क्रिकेट मैदानमा पोखराले दिएको १५६ रनको लक्ष्य पछ्याएको जनपुरले सञ्जय कृष्णमुर्तीको रूपमा सातौँ विकेट गुमाएको हो ।
सञ्जयलाई पोखराका कप्तान कुशल भुर्तेलले २५ रनमा क्याच आउट गरे ।
काठमाडौँ । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो खेलमा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सविरुद्ध छैटौँ सफलता हात पारेको छ ।
त्रिवि क्रिकेट मैदानमा पोखराले दिएको १५६ रनको लक्ष्य पछ्याएको जनपुरले कप्तान मयान यादवको रूपमा छैटौँ विकेट गुमाएको हो ।
मयानलाई विपिन खत्रीले क्याच आउट गराए । टिमका लागि चौथो विकेट लिएका विपिनले पहिलो ओभरमा दुई विकेट लिएका थिए ।
काठमाडौँ । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो खेलमा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सको पहिलो ओभरमा दुई विकेट लिएको छ ।
त्रिवि क्रिकेट मैदानमा पोखराले दिएको १५६ रनको लक्ष्य पछ्याएको जनपुरले आसिफ शेखका रूपमा पहिलो विकेट गुमाएको हो ।
आसिफलाई पोखराका विपिन खत्रीको बलमा विकेटकिपर रोसिन्टनले स्टम्पिङ गराएका हुन् । त्यस्तै विपिनले पहिलो ओभरको अन्तिम बलमा शुभ कंसकारलाई बोल्ड आउट गराएका हुन् ।
काठमाडौँ । सुमीत वर्माको अर्धशतकको सहयोगमा पोखरा एभेन्जर्सले दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सलाई १५६ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रन बनायो । पोखराका लागि सुमित वर्माले नट आउट ५० रनको अर्धशतकीय पारी खेले । २९ बल खेलेका उनले २ चौका र ४ छक्का प्रहार गरे ।
त्यस्तै दिनेश खरेलले ३८ बलमा ३८ रन बनाउँदा एडम रोसिन्टनले १७ बलमा २४ रन जोडे । पोखराका लागि तिर्थराज दाशले २९ रन बनाए ।
काठमाडौँ । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो खेलमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सविरुद्ध पाँचौँ सफलता हात पारेको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले तिर्थराज दासको रुपमा पाँचौँ विकेट गुमाएको हो । दास २९ रन बनाउँदै रन आउट भएका हुन् ।
काठमाडौँ । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो खेलमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सविरुद्ध चौथो सफलता हात पारेको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले जिम्मी निशमको रुपमा तेस्रो विकेट गुमाएको हो । निशमलाई जनकपुरका सञ्जय कृष्णमूर्तीले १ रनमा क्याच आउट गराए । यो विकेटसँगै सञ्जयले तीन विकेट लिइसकेका छन् ।
काठमाडौँ । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो खेलमा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सविरुद्ध १० ओभरमा ६४ रन बनाएको छ ।
काठमाडौँ । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो खेलमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सविरुद्ध तेस्रो सफलता हात पारेको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले दिनेश खरेलको रुपमा तेस्रो विकेट गुमाएको हो । दिनेशलाई जनकपुरका अनिलले ३८ रनमा क्याच आउट गराएका हुन् ।
काठमाडौँ । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो खेलमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सविरुद्ध एकै ओभरमा दुई विकेट हात पारेको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले एडम रोसिन्टनको रुपमा पहिलो विकेट गुमाएको हो । नवौं ओभरको तेस्रो बलमा पोखराका रोसिन्टोनलाई लाई जनकपुरका सञ्जय कृष्णमूर्तीले २४ रनमा क्याच आउट गराएका हुन् ।
सञ्जयले नै नवौं ओभरको चौथो बलमा कुशल भुर्तेललाई गोल्डेन डक आउट गराएका हुन् ।
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ मा बिहीबारको खेलमा जनकपुर बोल्ट्सका खेलाडीहरूले आमा प्रति सम्मान व्यक्त गर्दै आ–आफ्नो आमाको नाम लेखेको विशेष जर्सी लगाएका छन्।
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले टस जितेर पहिले ब्याटिङ गर्दै जनकपुर बोल्ट्सलाई बलिङ गर्ने निम्तो दिएको छ ।
अङ्कतालिकामा जनकपुर र पोखरा २ खेलमा अङ्कविहीन रहँदै क्रमशः सातौँ र आठौँ स्थानमा छन् ।
जनकपुरले आज तीन खेलाडी परिवर्तन गरेको छ । लाहिरु मिलान्थासहित संगिथ कुरे र आदित्य महताको स्थानमा आज वाने माज सादाकत, वायने पार्नेल र शुभ कंसाकार पहिलो रोजाइमा खेल्दै छन् ।