क्रिकेटमार्फत आमाको सम्मान र प्रकृति संरक्षणको सन्देश
सारांश
- नेपाल प्रिमियर लिग (एनपिएल) मार्फत आमाको सम्मान र प्रकृति संरक्षणको सन्देश दिन खोजियो।
- जनकपुर बोल्ट्सले आमाको नाम लेखिएको जर्सी लगाएर खेल्यो, आमाको सम्मानका लागि।
- पोखरा एभेन्जर्सले प्रकृति संरक्षणको चेतना जगाउन हरियो जर्सीमा खेल्यो।
काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मार्फत नयाँ सन्देश दिन खोजिएको छ । एनपिएलका फ्रेन्चाइज टोली जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सले क्रिकेटको माध्यमबाट सामाजिक सन्देश दिन खोजेका हुन् ।
आज यी दुवै एक अर्का विरूद्ध खेल्दा अरू दिनको भन्दा फरक जर्सीमा उत्रिए । जनकपुर गुलाबी रङ्गको जर्सीमा खेल्दा सबै खेलाडीको जर्सीमा आमाको नाम लेखिएको छ । ‘आमाको सम्मान’ स्वरुप जनकपुरले आज आमाको नाम लेखिएको जर्सीमा खेलेको हो ।
जनकपुरका महाप्रबन्धक निरोज खतिवडाले आमाको सम्मानका लागि खेलाडीहरूले आमाको नाम अङ्कित जर्सी लगाएर खेलेको बताए । उनले भने, “नेपाली क्रिकेटमा पहिलोपटक नयाँ अभ्यास गरेका छौँ । क्रिकेटका माध्यमबाट आमाको सम्मान र सामाजिक कार्य गर्छौँ ।”
यसका साथै आज खेलेका जर्सी अक्सनबाट लिलामी गरेर सङ्कलित रकम आमाहरूद्वारा सञ्चालित सामाजिक कार्य र जेनजी आन्दोलनमा सन्तान गुमाएका आमाहरूलाई सहयोग गरिने जनाएको छ ।
पोखराले जर्सी परिवर्तन गर्दै आज हरियो जर्सीमा खेलिरहेको छ । प्रकृति संरक्षण र जलवायु परिवर्तनको चेतना जगाउने सन्देश दिन खेलाडीले हरियो जर्सी लगाएका पोखरा एभेन्जर्सका प्रमुख सुवोध त्रिपाठीले बताए ।
उनले भने, “पोखराले गत वर्ष ग्लोबल वार्मिङको मुद्दा उठाउँदै आफ्नो जर्सीको अगाडिको भागमा ‘ग्लेसियर म्याटर्स’ लगाएर खेलेको थियो । यसवर्ष नयाँ सन्देश दिन हरियो जर्सी लगाएर खेलेका छौँ । हिमाल सुरक्षित राख्न यो अभियान चलाएका छौँ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण