सामाजिक सुरक्षाको प्रत्याभूति नहुँदा समाजमा असन्तुष्टि बढ्यो : महासचिव पोखरेल
सारांश
- शङ्कर पोखरेलले सामाजिक सुरक्षा नहुँदा समाजमा असन्तुष्टि बढेको बताए ।
- उनले भविष्यप्रति सुरक्षाको प्रत्याभूति दिलाउन सामाजिक सुरक्षा कार्यक्रम आवश्यक रहेको उल्लेख गरे ।
- विष्णु रिमालले अनौपचारिक क्षेत्रका श्रमिकलाई कोषमा जोड्नुपर्ने कुरामा जोड दिए ।
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले सामाजिक सुरक्षाको प्रत्याभूति नहुँदा समाजमा असन्तुष्टि बढेको बताएका छन् । नेपाल ट्रेड यूनियन महासङ्घ (जिफन्ट) ले आज ‘आठौँ समाजिक सुरक्षा दिवस’ को अवसरमा आयोजित ‘योगदानमा आधारित सामाजिक सुरक्षा : वर्तमान अवस्था र भावी कार्यदिशा’ कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।
उनले मानिसलाई भविष्य प्रतिको प्रत्याभूत हुनेगरी अगाडि बढाइयो भने अपराध घटेर जाने बताए । महासचिव पोखरेलले समाजमा देखिएको अराजकता र पछिल्लो पटक राष्ट्रप्रतिको लगाव कमजोर भएर जाने र धर्मसंस्कृति मूल्य मान्यताप्रति प्रहार गर्ने जस्ता प्रवृत्तिलाई सुधार गर्ने माध्यम सामाजिक सुरक्षा कार्यक्रम हुनसक्ने बताए ।
एमालेले लोककल्याणकारी अवधारणा अगाडि सारेर सामाजिक सुरक्षा कार्यक्रम बढाएको भन्दै उनले पहिलोपटक मनमोहन अधिकारी प्रधानमन्त्री भएको बेला ज्येष्ठ नागरिक सुरक्षा कार्यक्रम र पछिल्लो समय पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम अगाडि बढाइएको जानकारी दिए ।
महासचिव पोखरेलले सामाजिक सुरक्षा कार्यक्रमलाई श्रमिक पक्षमा स्थापित गर्ने कुरा हुन नसकेको समेत बताए । उनले अनौचपारिक क्षेत्रका श्रमिकलाई सूचीकरण गरेर सामाजिक सुरक्षामा जोड्न आवश्यक रहेको जोड दिए ।
पोखरेलले कोषले तल्लो तहमा कार्यालय सञ्चालन गर्न सके अझ धेरै श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध हुने बताए । उनले तत्कालका लागि नभई भविष्यको जीवनको सुरक्षाका लागि सामाजिक सुरक्षा कार्यक्रम अनिवार्य छ भनेर कुरा सोच्नुपर्ने बताए ।
नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले अनौपचारिक क्षेत्रलाई सामाजिक सुरक्षा कोषमा जोड्न सके धेरै श्रमिकको आर्थिक पक्ष राम्रो हुने बताए । उनले स्थानीय तहले अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा जोड्न लाग्नुपर्ने बताए ।
कार्यक्रममा जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले हरेक क्षेत्रमा सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्न सके श्रमिकका धेरै समस्या समाधान हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण