माडी–ठोरी सडकखण्डमा निर्माणाधीन पुलको ठेक्का तोडियो
शुक्रबार, १२ मङ्सिर २०८२, ०९ : १३
सारांश
- चितवनको माडी-ठोरी सडकखण्डमा निर्माणाधीन पुलको ठेक्का तोडिएको छ।
- पुल निर्माण अलपत्र पारेको भन्दै सरकारले ठेक्का तोडेको हो।
- ठेकेदार कम्पनी सम्पर्कमा नआएकाले हुलाकी राजमार्ग निर्देशनालयले ठेक्का तोडेको जनाएको छ।
काठमाडौँ । चितवनको माडी–ठोरी सडकखण्ड अन्तर्गत पटारी खोलामा निर्माणाधीन पुलको ठेक्का तोडिएको छ । वर्षौँदेखि पुल निर्माण अलपत्र पारेको भन्दै सरकारले ठेक्का तोडेको हो ।
हुलाकी राजमार्ग निर्देशनालयको योजना कार्यालय वीरगन्जले आज सार्वजनिक सूचना जारी गर्दै काम अलपत्र पारेर ठेकेदार कम्पनी सम्पर्कमा नआएकाले ठेक्का तोडिएको जनाएको छ ।
निर्माण व्यवसायीलाई ठेक्का किन नतोड्ने भनेर १५ दिनभित्र स्पष्टीकरण मागिएको थियो । तर स्पष्टीकरण नबुझाएको, काम सुरु नगरेको र निर्माण व्यवसायीका प्रतिनिधि पनि सम्पर्कमा नआएकाले ठेक्का तोडिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण