भारत भ्रमणमा आउँदै रुसी राष्ट्रपति पुटिन
सारांश
- रुसी राष्ट्रपति भ्लादिमिर पुटिन डिसेम्बर ४-५ मा भारत भ्रमणमा आउने भएका छन्।
- भ्रमणमा प्रधानमन्त्री मोदी र पुटिनबीच भेटवार्ता हुनेछ, जसले द्विपक्षीय सम्बन्धलाई समीक्षा गर्नेछ।
- पुटिनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुलाई पनि भेट्ने कार्यक्रम रहेको छ।
नयाँ दिल्ली । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन डिसेम्बर ४ मा भारत भ्रमणमा आउने भएका छन् । उनको यो भ्रमण डिसेम्बर ५ सम्म हुने जनाइएको छ । ‘प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन २०२५ को डिसेम्बर ४–५ मा भारतको भ्रमणमा आउनुहुनेछ । राष्ट्रपति पुटिनले २३ औँ वार्षिक भारत–रुस शिखर सम्मेलनमा भाग लिनुहुनेछ’ भारतको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री मोदी र पुटिनबिच भेटवार्ता पनि हुने जनाइएको छ । भ्रमणका क्रममा उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुलाई पनि भेट्ने जनाइएको छ ।
यो भ्रमणले भारत र रुसबिचको द्विपक्षीय सम्बन्धको समीक्षा गर्ने र रणनीतिक साझेदारीलाई अझ बलियो बनाउने महत्त्वपूर्ण अवसर प्रदान गर्ने परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । भेटका क्रममा विश्वव्यापी मुद्दामा पनि छलफल हुने बताइएको छ ।
पुटिन यसअघि अन्तिम पटक २०२१ को डिसेम्बरमा भारतको भ्रमणमा आएका थिए । २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमाथि पूर्ण स्तरमा आक्रमण सुरु गरेयता पुटिनले भारतको भ्रमण गरेका थिएनन् ।
पुटिन सन् २०२३ को सेप्टेम्बरमा नयाँ दिल्लीमा आयोजना भएको जी–२० शिखर सम्मेलनमा पनि सहभागी भएका थिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण