एनपीएलमा आज
एनपीएलः आज दुई रोचक भिडन्त, अपराजित सुदूरपश्चिमसँग अंक विहीन जनकपुर भिड्ने
पहिलो खेलमा पोखरा एभेन्जर्स र लुम्बिनी लायन्स आमनेसामने
शनिबार, १३ मङ्सिर २०८२, ०६ : ०२
सारांश
- आज नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत दुई खेलहरू हुँदैछन्।
- पहिलो खेलमा पोखरा एभेन्जर्स र लुम्बिनी लायन्स भिड्नेछन् भने दोस्रो खेलमा सुदूरपश्चिम र जनकपुर बोल्ट्स भिड्नेछन्।
- सुदूरपश्चिम शीर्ष स्थानमा छ भने जनकपुर बोल्ट्सले अहिलेसम्म खाता खोल्न सकेको छैन।
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनअन्तर्गत आज दुई खेल हुँदैछन्। पहिलो खेलमा पोखरा एभेन्जर्स र लुम्बिनी लायन्स आमनेसामने हुनेछन् भने दोस्रो खेलमा अपराजित सुदूरपश्चिम र गत सिजनका विजेता जनकपुर बोल्ट्स भिड्नेछन्।
पहिलो खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ११ः१५ बजे सुरु हुनेछ। दोस्रो खेल सुदूरपश्चिम र जनकपुरबिच दिउँसो ३ः३० बजे हुनेछ।
चार खेलबा सबैमा विजय हासिल गर्दै उत्कृष्ट लयमा रहेको सुदूरपश्चिम तालिकाको शीर्षस्थानमा रहेको छ भने गत सिजनको विजेता जनकपुर बोल्ट्सले तीन खेल सकिँदासम्म पनि खाता खोल्न सकेको छैन ।
तीन खेल खेलेको पोखरा एभेन्जर्सले एक जितसहित तालिकाको छैटौँ स्थान ओगटेको छ। चार खेल खेलेको लुम्बिनी लायन्स एक जितसहित सातौँ स्थानमा छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण