एमालेमा अहिले केपी ओलीको विकल्प छैन : पद्मा अर्याल
सारांश
- एमाले सचिव पद्मा अर्यालले पार्टीको नेतृत्वमा केपी शर्मा ओलीको विकल्प नरहेको बताइन्।
- उनले पार्टीलाई जोगाउन ओलीको विकल्प नभएको र महाधिवेशनले ओलीलाई पुनः अनुमोदन गर्ने बताइन्।
- अर्यालले पार्टी एकता र ओलीको नेतृत्वमा राष्ट्रलाई सही दिशा दिने दाबी गरिन्।
काठमाडौँ । नेकपा (एमाले) का सचिव एवम् ११ औँ महाधिवेशन प्रचार समितिका संयोजक पद्मा अर्यालले पार्टीको नेतृत्वमा केपी शर्मा ओलीको विकल्प नरहेको बताएकी छन् । ११ औँ महाधिवेशन प्रचार समितिको आज पार्टी कार्यालय च्यासलमा बसेको बैठकलाई सम्बोधन गर्दै सचिव अर्यालले यस्तो बताएकी हुन् ।
उनले भने, ‘यो विषम परिस्थितिबाट पार्टीलाई जोगाउन फेरि पनि उहाँको विकल्प छैन। यो अहिलेको आवश्यकता हो । अहिले एमालेमा केपी ओलीको विकल्प केपी ओली नै हो ।’
पछिल्लो समय महाधिवेशन नजिकिँदै गर्दा पार्टीको नेतृत्वको विषयमा बहस भइरहँदा ओलीको विकल्प ओली नै रहेको अर्यालले प्रस्ट पारिन् । उनले पार्टीको महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीलाई नै पुनः अनुमोदित गर्ने समेत उल्लेख गरिन् ।
मुलुकको वर्तमान सङ्कटपूर्ण राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै पार्टीभित्र सुदृढ एकताको आवश्यकतासमेत रहेको सचिव अर्यालले औँल्याइन्। उनले सम्बद्ध सबै पार्टी संरचना, सङ्गठन तथा कार्यकर्ताहरूलाई अझ उन्नत एकता र आन्तरिक समन्वयलाई अझ मजबुत बनाउन आग्रह गरिन् ।
पार्टीको एघारौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रलाई सही ढङ्गले दिशा निर्देश गर्ने दावी समेत अर्यालले गरिन् ।
अहिले मुलुक अभूतपूर्व सङ्कटको घडीबाट गुज्रिएको बताउँदै अर्यालले एमालेमाथि भइरहेको चौतर्फी प्रहारको सामना गर्न, राष्ट्र र राष्ट्रियता जोगाउन तथा कोमामा रहेको संविधानलाई बचाउन एमाले अझ सुदृढ, सबल,सक्षम र एकताबद्ध हुन जरुरी रहेको बताइन् ।उनले भनिन्, ‘अहिले एमालेमा अध्यक्ष केपी ओलीको अपरिहार्यता अझ बढेको छ, मुलुकमा देखापरेको विषम परिस्थितिबाट पार्टी, राष्ट्र र राष्ट्रियता जोगाउन उहाँको विकल्प छैन । यो अहिलेको आवश्यकता हो ।’
पार्टीभित्रको एकता, स्थायित्व र प्रभावकारी नेतृत्वमार्फत देशसमक्ष उपस्थित चुनौती समाधान गर्न सकिने हुँदा यस सन्दर्भमा आम पार्टी पंक्ति गम्भीर हुँदै एकताबद्ध हुन आग्रह गरिन् । अझै पनि पार्टीमा सहमतिका आधारमा नेतृत्व निर्माणको औचित्य र आवश्यकता रहेको बताउँदै अर्यालले केपी ओलीको अध्यक्षतामा सर्वसम्मत नेतृत्व निर्माण हुने दाबी समेत गरिन् । उनले पार्टीभित्र अराजनीतिक तथा अस्वस्थ अभिव्यक्ति नदिन पनि पार्टी पङ्क्तिलाई आग्रह गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण