सद्भावना पार्टीले चुनावी तालमेल गर्ने
सारांश
- अनिलकुमार झाले नेपाल सद्भावना पार्टी पुनर्गठन गरी आगामी चुनावमा सहभागी हुने बताए।
- पार्टी अध्यक्ष झाले चुनावी तालमेल गर्न सकिने तर पार्टी एकता नगर्ने बताए।
- उनले मधेसको मुद्दामा सम्झौता नगर्ने र २५ जिल्लामा संगठन विस्तार गर्ने बताए।
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल छाडेर नेपाल सद्भावना पार्टी पुनर्गठन गरेका अनिलकुमार झाले आगामी प्रतिनिधिसभा चुनावमा आफ्नो पार्टी सहभागी हुने बताएका छन् । सो पार्टीको अध्यक्ष समेत रहेका उनले शनिवार आफ्नो दलले चुनावमा भाग लिने जानकारी दिएका हुन् ।
पार्टी पुनर्गठन गरेपछि अध्यक्ष झा सङ्गठन निर्माणको काममा लागेका छन् । अब प्रतिनिधिसभाको चुनावको तयारीमा लागेको उनले बताए । उनले भने, ‘हाम्रो पार्टी अहिले कुनै दलसँग एकता गरेर वा एउटै चुनाव चिन्हमा चुनाव लड्ने पक्षमा छैन, यद्यपि कुरा मिल्यो भने क्षेत्रअनुसार चुनावी तालमेल गर्न सकिन्छ ।’
आफ्नो पार्टीले २०४० सालदेखि मधेसको मुद्दा र एजेन्डामा काम गर्दै आएकोले त्यसमा कुनै सम्झौता नगर्ने बताउँदै उनले तालमेल, गठबन्धन वा मोर्चाबन्दी पनि मधेसको एजेण्डा र मुद्दामा काम गरिरहेका दलसँग मात्र गर्ने बताए ।
उनले पाँच प्रदेश र २५ वटा जिल्लामा आफ्नो सङ्गठन तयार भएको र चाँडै त्यसको घोषणा गर्ने तयारी गरिरहेको समेत बताए । नेपाल सद्भावना पार्टीको अध्यक्षमा यसअघि रामकुमार महतो अध्यक्ष थिए । पार्टीका बहुमत सदस्यले झालाई अध्यक्ष बनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण