बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सुदूरपश्चिम रोयल्स प्लेअफमा

शनिबार, १३ मङ्सिर २०८२, १८ : ५६
शनिबार, १३ मङ्सिर २०८२

काठमाडौँ । सुदूरपश्चिम रोयल्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा प्लेअफमा प्रवेश गरेको छ । 

शनिबार भएको खेलमा जनकपुर बोल्ट्सलाई ६ विकेटले हराउँदै दोस्रो सिजनमा प्लेअफमा पुग्ने पहिलो टोली बनेको हो । 

त्रिवि क्रिकेट मैदानमा जनकपुरले दिएको १४६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १७ ओभर ४ बलमा चार विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । 

सुदूरपश्चिमका लागि इशान पाण्डेले ५६ रनको अर्धशतकीय पारी खेले । ३५ बाल खेलेका उनले ८ चौका र १ छक्का प्रहार गरेका हुन् । 

त्यस्तै विनोद भण्डारीले ४० रन बनाउँदा दीपेन्द्र सिंह ऐरी १० रन तथा हर्मीत सिंहले २५ रन बनाए । 

जनकपुरका लागि माज शदागदले दुई विकेट लिँदा सञ्जय कृष्णमुर्ती र आदित्य महताले एक एक विकेट लिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४५ रन बनाएको थियो । 

जनकपुरका लागि सन्जयले ५० रनको अर्धशतकीय पारी खेले । ३८ बल खेलेका उनले ४ चौका र २ छक्का प्रहार गरे । 

त्यस्तै ३३ बल खेलेका जान निकोल स्टोनले २ चौका र २ छक्काको सहयोगमा ३९ रन बनाए । 

सुदूरपश्चिमका लागि आदित्य मेहताले १५ रन बनाए । 

बलिङतर्फ सुदूरपश्चिमका अविनाश बोहराले सर्वाधिक चार विकेट लिए । त्यस्तै लागि स्कट गुग्गलेइनले तीन विकेट लिँदा कप्तान दीपेन्द्र सिंह ऐरीले एक विकेट लिए । 

आजको खेलमा जित निकाल्दै सुदूरपश्चिम प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ । यता जनकपुर भने प्रतियोगिताबाट बाहिरिने खतरा बढेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप