राजनीति
राप्रपाद्वारा प्रधानमन्त्रीसमक्ष राजा, दल र जेनजीबिच नवीन समझदारीको औपचारिक प्रस्ताव
बुझाइयो ५ बुँदे ज्ञापनपत्र
शनिबार, १३ मङ्सिर २०८२, १९ : २७
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले प्रधानमन्त्री सुशीला कार्कीसँग शनिबार भेट गरी मुलुकको दीर्घकालीन हित र राजनीतिक निकासका लागि राजा, राजनीतिक दल र जेनजी लगायतका पक्षहरूबिच नवीन समझदारीको औपचारिक प्रस्ताव गरेको छ।
राप्रपाको तर्फबाट अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री कार्कीलाई विभिन्न ५ बुँदे ज्ञापनपत्र बुझाउँदै नवीन समझदारीका लागि सर्वपक्षीय बैठकको पहल लिन आग्रह गरेका छन् ।
प्रधानमन्त्रीलाई बुझाइएकाे ५ बुँदे ज्ञापनपत्र
- आगामी निर्वाचन अगावै मुलुकको वर्तमान समस्याको दीर्घकालीन र स्थायी समाधानका लागि कोही कसैले भविष्यमा आन्दोलन गर्नु नपर्ने परिस्थिति निर्माणका लागि राजा, राजनीतिक दल र जेन्जी लगायतका पक्षधरहरू सम्मिलित सर्वपक्षीय सम्मेलनको आयोजनाबाट देशलाई निकास दिने काम होस् ।
- अब हुने आम निर्वाचनमै अन्तर जिल्ला र विदेशबाट मतदान गर्न पाउने सुनिश्चितता गर्न सम्भव छ र त्यसलाई सुनिश्चित गरेर मात्रै निर्वाचन प्रक्रियालाई अगाडि बढाइयोस् ।
- जेनजी प्रदर्शनमा सहभागी भएकै कारण देशका विभिन्न भागमा भएको प्रदर्शनका सहभागीहरूलाई पक्रने, मुद्दा लगाउने जस्ता कामहरू भइरहेको छ । यस प्रकारका कार्यहरू तत्काल रोकियोस् ।
- जेनजी आन्दोलनका सहिद परिवार, घाइतेहरूको माँग अविलम्ब पुरा गरियोस् ।
- सरकारसँग विभिन्न मागहरु लिएर प्रदर्शनमा रहेका र प्रधानमन्त्रीसँग भेट गर्न चाहेका जेनजीहरुमाथि भइरहेको दमन र उपेक्षा उपयुक्त छैन । यसप्रकारको कार्य तत्काल बन्द गरियोस् र वार्ता संवादबाट वातावरणलाई शान्त बनाउने प्रयास होस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढेको अण्डाको मूल्य आजदेखि लागू, कति पुग्यो प्रति क्रेट ?
-
न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना
-
धुलिखेल खानेपानी आयोजना पुनः निर्माण
-
चरा संरक्षणसँगै पर्यटन प्रवर्द्धनमा जोड
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
‘एआई एक्स-रे’बाट क्षयरोग सङ्क्रमित खोज्दै तुलसीपुर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण