फिनल्यान्डले पाकिस्तान, अफगानिस्तान र म्यानमारमा रहेका दूतावास बन्द गर्ने
आइतबार, १४ मङ्सिर २०८२, ०० : ४९
सारांश
- फिनल्यान्डले सन् २०२६ सम्म पाकिस्तान, अफगानिस्तान र म्यानमारमा रहेका दूतावास बन्द गर्ने निर्णय गरेको छ।
- राष्ट्रपति एलेक्जान्डर स्टबको आदेशपछि विदेश मन्त्रालयले रणनीतिक समीक्षा गर्दै दूतावास बन्द गर्ने निर्णय गरेको हो।
- राजनीतिक परिवर्तन, सीमित सम्बन्ध र सञ्चालन चुनौतीका कारण दूतावास बन्द गर्ने निर्णय लिइएको हो।
काठमाडौँ । फिनल्यान्डले सन् २०२६ भित्र पाकिस्तान, अफगानिस्तान र म्यानमारमा रहेका आफ्ना दूतावास बन्द गर्ने भएको छ।
राष्ट्रपति एलेक्जान्डर स्टबको आदेशपछि विदेश मन्त्रालयले गरेको रणनीतिक समीक्षा अनुसार यस्तो निर्णय लिइएको जनाइएको हो।
मन्त्रालयका अनुसार राजनीतिक परिवर्तन, सीमित वाणिज्यिक तथा आर्थिक सम्बन्ध र अन्य सञ्चालन चुनौतीका कारण दूतावासहरू बन्द गर्ने निर्णय गरिएको हो।
यससँगै, फिनल्यान्डले अमेरिकामा आफ्नो उपस्थिति विस्तार गर्न टेक्सासको ह्यूस्टन सहरमा नयाँ कन्सुलेट जनरल खोल्ने तयारी गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण