ज्ञानोदय विद्यालयमा पाकिस्तानको सहयोगमा कम्प्युटर प्रयोगशाला स्थापना
सारांश
- पाकिस्तानका राजदूतले काठमाडौँको ज्ञानोदय माविमा नयाँ कम्प्युटर प्रयोगशालाको उद्घाटन गरे।
- नयाँ प्रयोगशालामा ४२ वटा कम्प्युटर र आधुनिक सुविधाहरू छन्, जसले विद्यार्थीलाई सहयोग गर्नेछ।
- राजदूतले विद्यालयको प्रगति र विद्यार्थीलाई डिजिटल शिक्षामा सक्रिय हुन प्रेरित गरे।
काठमाडौँ। पाकिस्तानका राजदूत अब्रार हाश्मीले काठमाडौँको बाफलस्थित ज्ञानोदय माध्यमिक विद्यालयमा नयाँ कम्प्युटर प्रयोगशालाको उद्घाटन गरेका छन्। पाकिस्तानको सहयोगमा स्थापना गरिएको सो प्रयोगशाला शनिबार एक कार्यक्रमकाबिच राजदूत हाश्मीले विद्यालयलाई हस्तान्तरण गरेका हुन् ।
नयाँ प्रयोगशालामा ४२ वटा कम्प्युटर, नयाँ फर्निचर तथा आधुनिक सुविधाहरू राखिएका छन्। यसले उच्च कक्षाका विद्यार्थीहरूलाई आइसिटी शिक्षामा थप सहयोग पुग्ने बताइएको छ।
राजदूत हाश्मीले विद्यालयको प्रगति, समुदायको सहयोग र विद्यार्थीहरूको उत्साहको प्रशंसा गर्दै आधुनिक प्रविधि, नयाँ अवसर र डिजिटल शिक्षामा सक्रिय हुन विद्यार्थीलाई प्रेरित गरे।
उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यालयका पदाधिकारी, शिक्षक–अभिभावक तथा समुदायका व्यक्तिहरू सहभागी भए।
कार्यक्रमका सहभागीहरूले दूतावासद्वारा विद्यालयमा ‘नेपाल–पाकिस्तान मैत्री समाज’ गठन गर्ने घोषणालाई स्वागत गर्दै संगीत र खेलकुदका क्षेत्रमा सहयोगले दुई देशबिचको मित्रता अझ मजबुत हुने अपेक्षा व्यक्त गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण