मलाइकाले किन भेटिन् सलमानकी प्रेमिका ?
सारांश
- अभिनेत्री मलाइका अरोराले एक कार्यक्रममा र्याम्प वाक गरिन्, जहाँ उनी रातो पहिरनमा सजिएकी थिइन्।
- ब्याकस्टेजमा मलाइकाको भेट सलमान खानकी प्रेमिका युलिया वन्तुरसँग भयो, जसको भिडियो सामाजिक सञ्जालमा भाइरल छ।
- भेटमा दुवै जनाले एकअर्कालाई अँगालो हाले र लामो समय कुराकानी गरे, जसले उनीहरूबीचको सम्बन्धलाई संकेत गर्छ।
मुम्बई । अभिनेत्री मलाइका अरोराले शनिबार राति डिजाइनर ड्रेसमा र्याम्प वाक गरिन् । ५२ वर्षीया अरोरा रातो पहिरनमा सजिएर र्याम्प वाक गर्दा निकै सुन्दरी देखिएकी थिइन् । फ्यानहरूले उनको लुक्स, स्टाइल र वाकको निकै तारिफ गरेका छन् ।
यही कार्यक्रमको ब्याकस्टेजमा मलाइको भेट सलमान खानकी प्रेमिकाको रुपमा चर्चित युलिया वन्तुरसँग भएको छ । र्याम्प वाक सकेर ब्याक स्टेज जाँदा उनको भेट वन्तुरसँग आकस्मिक भएको हो । उक्त भेटको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भेटलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले विभिन्न प्रतिक्रिया दिइरहेका छन् ।
सलमान खानका भाइ अरबाज खानसँग सम्बन्धविच्छेद भएपछि मलाइका परिवारसँग खासै नजिक देखिन्नन् । तर हालै र्याम्प वाक सकेर ब्याकस्टेज जाने क्रममा अचानक उनको वन्तुरसँग भेट भयो ।
_X36BN3hI0D.jpg)
आफ्ना अगाडि युलियालाई देख्दा मलाइका सुरुमा केही चकित परेकी थिइन् । लगत्तै युलियाले मलाइकालाई अँगालो हालिन् । भिडियोमा दुवै जना निकै बेरसम्म कुराकानी गरेको र उनीहरूबिच राम्रो सम्बन्ध रहेको अनुमान गर्न सकिन्छ ।
_pjjpkUGJhb.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण