एमालेले सार्वजनिक गर्यो ११औँ महाधिवेशनको लोगो
सारांश
- एमालेले ११औँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ, जसमा धरहरा, झन्डा र सूर्यभित्र हँसिया हथौडा समेटिएको छ।
- महाधिवेशनको मूल नारा 'निर्णायक राष्ट्रिय शक्ति हाम्रो सङ्कल्प समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य' रहेको छ।
- एमालेले महाधिवेशनको तयारीलाई तीव्रता दिएको छ, उद्घाटन भक्तपुरमा र बन्द सत्र काठमाडौँमा हुनेछ।
काठमाडौँ । नेकपा (एमाले)ले ११औँ राष्ट्रिय महाधिवेशनको प्रतीक चिन्ह (लोगो) सार्वजनिक गरेको छ । आइतबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले ११ औँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेका हुन् । लोगोमा धरहरा, राष्ट्रिय झन्डासहित सूर्यभित्र हँसिया हथौडा समेटिएको छ ।
सार्वजनिक लोगोमा पार्टीको इतिहास, नेतृत्व र सङ्कल्प तथा परिवर्तनप्रतिको उत्साह समेटिएको सचिव पद्यमा अर्यालले जानकारी दिइन् ।
त्यस्तै कार्यक्रममा महाधिवेशनको मूल नारा ‘निर्णायक राष्ट्रिय शक्ति हाम्रो सङ्कल्प समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने जिग्नल पनि सार्वजनिक गरिएको छ ।
महाधिवेशनलाई लक्षित गर्दै एमाले प्रचार विभागले आइतबार साँझबाट सूर्य खबर प्रकाशित गर्ने भएको छ ।
महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको छनोट शनिबार गरेको एमालेले तयारीलाई तीव्र बनाएको छ । मङ्सिर २७ गते भक्तपुरको सल्लाघारीमा उद्घाटन हुने महाधिवेशनको बन्द सत्र काठमाडौँको भृकुटीमण्डपमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण