दिनकै १० हजार क्यालोरी खाँदा ‘फिटनेस इन्फ्लुएन्सर’को मृत्यु
सारांश
- फिटनेस इन्फ्लुएन्सर दिमित्री नुयान्जिनको अत्यधिक जंक फूड खाँदा हृदयाघातका कारण मृत्यु भयो।
- उनले छोटो समयमा तौल बढाएर घटाउने योजना बनाएका थिए, जसमा उनले १० हजार क्यालोरीसम्म जंक फूड खाए।
- विज्ञहरूका अनुसार, लामो समयसम्म उच्च क्यालोरीको सेवनले उनको मुटुमा असर पारेको थियो, जसका कारण उनको मृत्यु भयो।
मस्को । दिमित्री नुयान्जिन जुनसुकै परिस्थितिमा पनि तौल घटाउन सम्भव छ भनेर देखाउन चाहन्थे । तर यसो गर्ने क्रममा उनी स्वयंको मृत्यु भएको छ । । रुसी सहर ओरेनबर्गका ३० वर्षीय फिटनेस इन्फ्लुएन्सर नुयान्जिनले ठूलो मात्रामा जङ्क फुड खाएर कम्तीमा २५ किलोग्राम अतिरिक्त तौल बढाउने अनि यसलाई घटाएर देखाउने योजना बनाए । दुःखको कुरा उनले आफ्नो योजनाको दोस्रो चरण कार्यान्वयन गर्ने मौका कहिल्यै पाएनन् ।
छोटो समयमा तौल बढाउने आफ्नो लक्ष्य हासिल गर्न नुयान्जिनले डरैलाग्दो खानपान योजना बनाएका थिए । यसमा उनले कयौँ हप्तासम्म हरेक दिन १० हजार क्यालोरीसम्म जङ्क फुड खाए । ब्रेकफास्टमा उनले पेस्ट्री र केक, दिउँसोको खाजामा मेयोनेजमा डुबाइएको झन्डै दुई पाउन्डको डम्पलिंग, बेलुकाको खानामा पनि बर्गर र पिज्जा खान्थे । बीचबीचमा आलु चिप्स र उच्च–क्यालोरी युक्त अन्य खाजाहरू पनि खान्थे ।
यो चुनौती लिएको एक महिनापछि, दिमित्री नुयान्जिनको तौल १३ केजी बढेर १०५ केजीमा पुग्यो । नोभेम्बर १८ मा, आफ्नो अन्तिम इन्स्टाग्राम पोस्टमा, नुयान्जिनले एक झोला चिप्स खाँदै आफूले हासिल गरेको नयाँ कोशेढुङ्गाको घोषणा गरे । सो पोस्टमा उनले फलोअरहरूसामु आफूलाई भइरहेको अप्ठ्याराबारे पनि कुरा गरेका थिए । तर कसैले पनि उनको मृत्यु होला भन्ने आशंका गरेका थिएनन् ।
आफ्नो मृत्युको अघिल्लो दिन, नुयान्जिनले धेरै कोचिङ सत्रहरू रद्द गर्दै डाक्टरकहाँ जाने योजना बनाएका थिए । तर उनी डाक्टरसम्म पुग्नै सकेनन् । यसको केही घण्टा पछि हृदयाघातको कारण उनको मृत्यु भयो । दिमित्री अझै पनि उच्च तौल भएका व्यक्तिहरू भन्दा राम्रो शारीरिक अवस्थामा थिए । तर उनले हप्तादेखि सेवन गरिरहेको उच्च क्यालोरीका कारण आन्तरिक अङ्गहरू, विशेष गरी उनको मुटुमा साँच्चै असर पारेको विज्ञहरू बताउँछन् ।
कहिलेकाहीँ मात्रै शरीरलाई आवश्यक भन्दा चार देखि छ गुणा बढी क्यालोरीको सेवन घातक हुन्न । तर दैनिक रूपमा लामो समयसम्म त्यसो गर्नु भने जीवनमा आफैँ सङ्कट निम्त्याउनु हो । प्रतिष्ठित खेलाडीहरूले प्रति दिन ५,००० क्यालोरीभन्दा बढी विरलै सेवन गर्छन् । नुयान्जिनको असामयिक निधनले उनलाई चिन्ने सबै स्तब्ध छन् । तर उनको यो दुःखद अन्त्य लिनै नहुने खालका विभिन्न चुनौतीमा भाग लिएर आफ्नो शरीर र स्वास्थ्यको दुरुपयोग गर्नेहरूका लागि चेतावनीको कथा हुन सक्ने विश्वास विज्ञहरूको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण