ओलीको प्रश्न : सब्जी बारीमा त ठिकै हो, सिंहदरबारमा बुख्याचा ?
सारांश
- केपी शर्मा ओलीले एमाले देशका लागि लडिरहेको बताए, राष्ट्रिय आकाङ्क्षा साकार पार्न एमालेको अभियान रहेको उल्लेख गरे।
- ओलीले बौद्धिक वर्गलाई सम्बोधन गर्दै देशका विरुद्ध तर्क नगर्न र सत्यको पक्षमा उभिन आग्रह गरे।
- उनले वर्तमान सरकार असंवैधानिक रहेको र संसद् पुनर्स्थापना हुनुपर्ने बताए, साथै एमालेलाई साथ दिन आग्रह गरे।
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले एमाले आफ्ना लागि नभएर देशका लागि लडिरहेको बताएका छन् । आइतबार ११ औँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गर्दै उनले एमालेले राष्ट्रिय आकाङ्क्षालाई साकार पार्ने अभियानमा एमाले लागेको बताएका हुन् ।
‘राष्ट्रिय आकांक्षा सारकार पार्ने अभियान एमालेको मात्रै होइन’, ओलीले सम्पूर्ण बौद्धिक वर्गलाई सम्बोधन गर्दै भने– ‘देशका विरुद्ध तर्क कुतर्क गर्नु बौद्धिकता होइन ।’
प्रगति, शान्तिका विरुद्ध आगजनी र तोडफोड गरेर महिमा मण्डन नगर्न ओलीको आग्रह छ । उनले एमाले जहिले पनि सत्यको पक्षमा उभिने भन्दै वर्तमान सरकार असंवैधानिक छ भन्ने कुरा एमाले बाहेकले भन्न डराएको दाबी गरे । बौद्धिकताको दुरुपयोग गर्ने दिवालियापन नदेखाउन ओलीको आग्रह छ ।
‘बौद्धिक समुदायले देशको पक्षमा, सत्यका लागि शुकरातले विष पिएका थिए तर हामीले विष पिउनुपर्दैन, बोलिदिए हुन्छ’, ओलीले भने, ‘भाषा, शब्द अलिकति मिलाउने हो सत्यतर्फ ।’ उनले नेकपा एमाले झुट नबोल्ने र असत्य नअँगाल्ने तथा देशका विरुद्ध नजाने भएकाले एमालेलाई साथ दिन आग्रह गरे ।
‘एमालेलाई त्रसित बनाउन सक्ने, डरपोक बनाउन सक्ने वा लोभी बनाउन सक्ने केही पनि छैन’, उनले राजनीतिक दल र सङ्घ संस्थाहरूलाई सङ्कीर्णता र बेतुकका तर्क गर्न छाड्न आग्रह गरे । देश अप्ठ्यारो अवस्थामा रहेको भन्दै उनले असंवैधानिक ढङ्गबाट भएको संसद् विघटन पुनर्स्थापना हुनुपर्ने बताए । ‘संसद् पुनर्स्थापना भयो भने बरबाद हुन्छ रे ! त्यही बरबाद हुन्छ भनेर विघटन गरेको ?’, प्रश्न गर्दै ओलीले भने, ‘लोकतन्त्र र संसदीय व्यवस्था आउन नदिने, अनि बुख्याचाहरू सब्जी बारीमा त ठिकै हो, सिंहदरबारमा बुख्याचा ?’
उनले बुख्याचा कहिल्यै निर्वाचित नहुने भन्दै सिंहदरबार जननिर्वाचित प्रतिनिधि बस्ने ठाउँ भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण