छिमेकीले पनि चुनाव होस् भन्ने चाहेका छन्, चुनाव फागुन २१ मै हुन्छः प्रचण्ड
सारांश
- प्रचण्डले फागुन २१ गते निर्वाचन हुने दाबी गर्दै सबैलाई ढुक्क रहन आग्रह गरे।
- उनले चुनावका लागि सरकार र छिमेकी देशहरू सकारात्मक रहेको बताए।
- प्रचण्डले सरकारलाई धेरै जनाधार भएको पार्टीसँग संवाद गर्न चेतावनी दिए।
पोखरा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते निर्वाचन हुने दावी गरेका छन् । उनले कोहीपनि द्धिविदामा नरहन आग्रह गरे ।
आइतबार पोखरामा भएको प्रदेश स्तरीय एकता सन्देश सभालाई सम्बोधन गर्दै चुनावका लागि सरकार र छिमेकीहरु (चीन र भारत लगायत देशहरु) समेत सकारात्मक रहेको बताए ।
‘कोहीपनि द्धिविधामा बस्न जरुरी छैन, चुनाव फागुन २१ गते हुन्छ र हुनुपर्छ । हाम्रो एकता सभा सकिँदासम्म चुनावी माहोल बन्छ,’ उनले भने, ‘हाम्रा छिमेकीहरु पनि चुनाव होस् भन्ने चाहन्छन् । सरकार वार्ता बसिरहेको छ, चुनावका लागि ।’ उनले चुनावको वातावरण बनाउन सरकारसँग आग्रह गरेका छन् ।
सरकारले धेरै जनाधार भएको पार्टीलाई छोडेर जनाधार नै नभएको पार्टीसँग मात्रै संवाद गरिरहेको भन्दै उनले आफूहरुसँग संवाद गर्न चेतावनी दिए ।
उनले अहिलेको सरकार नै आफू र माधवकुमार नेपालले बनाएको भन्दै हेक्का राख्न चेतावनी दिए । ‘जसको धेरै जनाधार छ, उसलाई भेट्दिनँ भन्छ भने चुनावी माहोल भड्काउन खोजिरहेको छ । भदौ २६ गते राती राष्ट्रपतिसँग बसेर प्रधानमन्त्री बनाउने सहमति मैले र माधवजीले गरेको हो,’ उनले भने, ‘यो कुराको हेक्का सरकारले राख्न जरुरी छ । देशभर चुनावी माहोल बनाउन पनि हामी यो सभामा जुटेका छौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रिलिज अगाडि नै उठ्यो ‘ककटेल २’ को आधा लगानी
-
एकता भएको ७ महिनामा पनि नेकपाको केन्द्रीय कार्य समितिले पाएन पूर्णता
-
नयाँ बजेटले गाडीको मूल्य बढाउने नाडाको निष्कर्ष
-
भेपमा लुकाएर सुन तस्करी प्रकरण : नायब सुब्बा खड्कालाई थुनामा पठाउने आदेश
-
अखिलमा पुनर्गठनको बहस चलाउनुपर्ने आचार्यको जोड
-
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे, विदेश मन्त्रालयका अतिरिक्त सचिवद्वारा स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण