देशभर नयाँ १६८ वटा मतदानस्थल थप, ९३ वटा खारेज
सारांश
- निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान स्थल पुनरावलोकन गरेको छ।
- आयोगले देशभर १६८ वटा नयाँ मतदानस्थल थप गरेको छ भने ९३ वटा मतदानस्थल खारेज गरेको छ।
- मतदान स्थलको नाम, ठेगाना सच्याउने, मतदातालाई पायक पर्ने स्थानमा स्थानान्तरण गर्ने कार्यहरू सम्पन्न भएका छन्।
काठमाडौँ । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदानस्थलहरू पुनरावलोकन गरेको छ । आयोगले मतदाताको पहुँचलाई सरल, सहज र थप व्यवस्थित गर्न मतदानस्थलहरुमा पुनरावलोकन गरेको जनाएको छ ।
आयोगको आइतबार बसेको बैठकले मतदाताको सुविधाका लागि देशभर १६८ वटा नयाँ मतदानस्थलहरू थप गरेको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार मतदातालाई अपायक परेका, जीर्ण भएका वा प्रयोगमा नरहेका ९३ वटा मतदानस्थलहरू खारेज समेत गरेको छ ।
यसबाट साबिकमा कायम १० हजार ८९२ मतदानस्थलमा समग्रमा ७५ मतदानस्थल थप हुन गई देशभर १० हजार ९६७ मतदानस्थल कायम भएका छन् ।
मतदानस्थल पुनरावलोकन गर्ने क्रममा मतदान स्थलको नाम, ठेगानामा रहेको त्रुटि सच्याउने, मतदातालाई पायक पर्ने स्थानमा आंशिक वा सबै मतदातालाई स्थानान्तरण गर्ने, मतदातालाई साबिककै अर्को मतदान स्थलमा समायोजन गर्ने लगायतका कार्यहरू सम्पन्न गरेको पनि आयोगले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण