एमाले लमजुङमा ५५ सय मतदाता, मत हाल्ने २१ सय मात्र
सारांश
- नेकपा एमालेको ११औँ महाधिवेशनका लागि गण्डकीका विभिन्न जिल्लाबाट प्रतिनिधि चयन भइरहेको छ।
- कतिपय जिल्लामा सहमतिबाट प्रतिनिधि चयन भए भने कतिपयमा भने निर्वाचनबाट टुंगो लाग्यो।
- लमजुङमा कम मतदान भएको थियो भने कास्की, बागलुङलगायतका जिल्लामा सर्वसम्मत प्रतिनिधि चयन गरियो।
पोखरा । नेकपा एमालेको ११औँ महाधिवेशनका लागि प्रतिनिधि चयन धमाधम भइरहेको छ ।
गण्डकीका अधिकांश जिल्लाबाट प्रतिनिधि टुंगिसकेका छन्, केही जिल्लामा सहमति भएको छ भने केहीमा मतदानमार्फत प्रतिनिधि टुंगिएका हुन् । कास्की, बागलुङ, म्याग्दी, मनाङ, स्याङ्जा, तनहुँ–२ मा सर्वसम्मत चयन भए ।
गोरखा, नवलपुर, लमजुङमा मतदानबाट टुंगो लागेको छ भने तनहुँ–१ मा मतदानपछि गणनाकै क्रममा रोकिएको छ । पर्वत र मुस्ताङमा अझै अन्योल छ । लमजुङमा मतदानबाट नाम टुंगिए पनि निकै कम मात्रै मतदाताले भोट हालेका छन् । राष्ट्रिय प्रतिनिधि छान्न करिब ३९ प्रतिशतले मात्रै मतदान गरेका एमाले लमजुङले जनाएको छ ।
शनिबार अपराह्न ४ बजेसम्म लागि तोकिएको मतदानअन्तर्गत ५ हजार ४ सय ७३ मतदातामध्ये जिल्लाका २ हजार १ सय ४० जनाले मात्रै भोट हाले । ८० प्रतिशत मत खस्ने आकलन गरिएको थियो ।
कुल मतदातामध्ये ७ सय ५८ जना दलित छन्, जसमध्ये २ सय २३ जनाले मत दिए । खुलातर्फ दलित मतदाताले मत दिन नपाउने र खुलाले दलित उम्मेदवारलाई मत दिन नपाउने गरी व्यवस्था गरिएको थियो । आइतबार भएको गणनाबाट प्रतिनिधिको नामावली सार्वजनिक गरिएको छ ।
खुलातर्फ सुभाष पौडेल, कृष्णप्रसाद अधिकारी, युवराज अधिकारी र राजकुमार विष्ट निर्वाचित भए । महिलातर्फ यशोदा रिमाल, पद्मा गुरुङ र लक्ष्मीदेवी अधिकारी निर्वाचित हुँदा युवातर्फ जुन तामाङ तथा दलिततर्फ हीरालाल विश्वकर्मा र नन्दराम विश्वकर्मा निर्वाचित भएका छन् ।
खुलामा ४ जनाका लागि १८ जनाको उम्मेदवारी थियो भने महिला ३ जनाका लागि ८ जनाको उम्मेदवारी परेको थियो । युवा पनि एक जनाका लागि ३ र दलितमा २ जनाका लागि ३ जना उम्मेदवार थिए । एमालेको ११औँ महाधिवेशन काठमाडौँमा यही मंसिर २७ गतेदेखि २९ गतेसम्म हुने तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण