बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

झापामा ४ निर्वाचन क्षेत्रमा एमाले महाधिवेशन प्रतिनिधि चुनिए

आइतबार, १४ मङ्सिर २०८२, २२ : २३
आइतबार, १४ मङ्सिर २०८२

सारांश

  • झापाका चार निर्वाचन क्षेत्रमा एमाले महाधिवेशन प्रतिनिधि चयन भए ।
  • क्षेत्र नं १ मा राजु पोखरेल, रमा भण्डारी लगायत चयन भए ।
  • क्षेत्र नं ५ मा अम्बिकाप्रसाद खनाल र युवराज पौडेल छानिए ।

सुरुङ्गा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को राष्ट्रिय महाधिवेशनका लागि भएको निर्वाचनमा झापाका चार निर्वाचन क्षेत्रमा महाधिवेशन प्रतिनिधि चुनिएका छन् । झापा क्षेत्र नं–२ बाहेक १, ३, ४ र ५ नम्बर निर्वाचन क्षेत्रको मत परिणामसमेत सार्वजनिक भएको हो ।

झापा क्षेत्र नं–१ मा खुलाबाट राजु पोखरेल, असारु राजवंशी र लक्ष्मी राई, महिलातर्फ रमा भण्डारी र जानुका ओली तथा युवा क्लस्टरबाट दीपक बराल छनोट भएका छन् ।

झापा क्षेत्र नं–३ मा खुलातर्फ छविलाल चुँडाल, त्रिलोचन सापकोटा र बसन्त बानियाँ, महिलातर्फ कल्पना रेग्मी र शान्तादेवी खरेल तथा युवा क्लस्टरबाट अग्निप्रसाद सापकोटा प्रतिनिधि बनेका छन् । झापा क्षेत्र नं–४ मा खुलातर्फ रोशन थोप्रा, रविन्द्र लम्साल, एलपी साँवा र हिक्मत कार्की, महिलातर्फ कृष्णमाया भुजेल र गोमा रिजाल तथा युवातर्फ रोशन सुवेदी चुनिएका छन्।

क्षेत्र नं–५ मा खुलातर्फ अम्बिकाप्रसाद खनाल, शिव ढुङ्गेल, होमबहादुर थापा र तुलसी कार्की, महिलातर्फ अम्बिकादेवी अधिकारी, नर्वदा उप्रेती गौतम र लिला ढुङ्गेल दाहाल तथा युवातर्फ युवराज पौडेल चयन भएका छन् ।

झापाबाट दुई दलितसहित ३८ प्रतिनिधि महाधिवेशनमा सहभागी हुँदैछन् । दलित क्लस्टरबाट सर्वसम्मत चयन भए पनि बाँकी ३६ सिटका लागि भएको प्रतिस्पर्धामा ९५ उम्मेदवार चुनावी मैदानमा उभिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप