कैलालीका पाँचै निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि छनोट
सारांश
- कैलालीका पाँचवटै निर्वाचन क्षेत्रबाट २७ जना महाधिवेशन प्रतिनिधि छानिएका छन्।
- विभिन्न क्षेत्रका विजयी उम्मेदवारहरूको नाम सार्वजनिक गरिएको छ।
- दलित क्लस्टरबाट प्रतिनिधि छनोट हुन बाँकी रहेको छ।
कैलाली । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनका लागि कैलालीका पाँचवटै निर्वाचन क्षेत्रबाट २७ महाधिवेशन प्रतिनिधि छनोट भएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी एमाले सुदूरपश्चिमका सचिव रणबहादुर चन्दका अनुसार कैलाली–१ बाट खुलामा द्वारिका न्यौपाने र धुव्र खत्री, महिलातर्फ कमला शाही र युवामा लक्ष्मी आचार्य, क्षेत्र नम्बर २ बाट खुलामा कर्णबहादुर कुँवर, डेजी पाण्डे र नरबहादुर खड्का, महिलामा ममता रावल र लक्ष्मी शाही तथा युवामा पवित्राकुमारी माझी प्रतिनिधि चयन भए।
क्षेत्र नम्बर ३ मा चुलराम चौधरी र करुण बम खुलातर्फ, इच्छाकुमारी चौधरी महिलातार्फ र राजबहादुर बुढा युवातर्फ प्रतिनिधि छनोट भए। क्षेत्र नम्बर ४ मा खुलातर्फ चक्रबहादुर बोहरा, नरबहादुर तामाङ र भीमबहादुर देउवा, महिलामा रत्ना कुँवर जोशी र शान्तिदेवी सिंह तथा युवातर्फ शुद्धिराम चौधरी प्रतिनिधिमा निर्वाचित भए।
क्षेत्र नम्बर ५ मा खुलामा धर्मराज पाठक, नेपालु चौधरी, विष्णुकुमार चन्द र यज्ञराज ढुङ्गाना विजयी भए। महिलामा अम्विका विष्ट र रुकमणि देवकोटा तथा युवामा तीर्थराज भट्टराई विजयी भए। कैलालीमा तीन दलित क्लस्टरमा प्रतिनिधि छनोट गर्न बाँकी रहेको प्रदेश सचिव चन्दले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण