आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

उपाध्यक्ष साहद्वारा सहमतिको अक्षरश: कार्यान्वयनमा जोड

सोमबार, १५ मङ्सिर २०८२, ०६ : ४८
सोमबार, १५ मङ्सिर २०८२

अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समितिका उपाध्यक्ष सुनील साहले गैरआवासीय नेपाली संघलाई  एकताबद्ध गर्न गरिएको पहलको स्वागत गरेका छन्।

 प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा सिंहदरबारमा आइतबार एनआरएनए अध्यक्ष महेश कुमार श्रेष्ठ तथा डा बद्री केसीसमूहबिच एकताका लागि १० बुँदे सहमति पत्रमा हस्ताक्षर गरिएको थियो।

एक वक्तव्य प्रकाशित गर्दै उपाध्यक्ष साहले  प्रधानमन्त्री सुशीला कार्की तथा नेपाल सरकार समेतको अग्रसरताको भएको सहमतिको अक्षरश: पालना भएमा गैरआवासीय नेपाली संघ र संघमा आबद्ध तथा समस्त गैरआवासीय नेपालीहरु भावनात्मक रुपमा पनि एक हुने विश्वास व्यक्त गरे ।

उपाध्यक्ष साहले एनआरएनएलाई एकताबद्ध बनाउनका लागि सहमतिको यो चरणमा ल्याई पुर्‍याउन भूमिका निर्वाह गर्ने  सबैप्रति  हार्दिक आभार पनि व्यक्त गरेका छन्  । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप