पोखरामा एमालेले कार्यक्रम बिथोल्न खोजेको सुदन गुरुङको आरोप
सारांश
- सुदन गुरुङले पोखरामा एमालेले जेनजीको कार्यक्रम बिथोल्न खोजेको आरोप लगाएका छन्।
- उनले सामाजिक सञ्जालमार्फत एमालेले कार्यक्रम बिथोल्न खोजेको बताए, तर आफूहरू नरोकिने कुरा उल्लेख गरे।
- पोखरामा जेनजीका सदस्य र देश प्रेमीहरूसँग भेटघाट तथा सम्मान कार्यक्रमको आयोजना गरिएको थियो।
काठमाडौँ । ‘हामी नेपाली’ संस्थाका संस्थापक तथा जेनजी अगुवा सुदन गुरुङले पोखरामा एमालेले जेनजीको कार्यक्रम बिथोल्न खोजेको आरोप लगाएका छन् ।
गुरुङले सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्– ‘पोखरामा जेनजी भाइ बहिनीहरूको सङ्गठन बलियो बनाउन र देश प्रेमी पोखरेली आमा–बुबालाई दाजुभाइ तथा दिदी बहिनीहरू भेट्न हामी पोखरा निस्कियौँ र हामी आउने खबर पाएदेखि केही समूह र एमालेले कार्यक्रम बिथोल्न अथक प्रयास गरिरहेको खबर पाएँ ।’
तर यसले आफूहरूको कदम नरोकिने गुरुङले बताएका छन् । ‘हाम्रो कदम रोक्दैन, किनकि हामी हिजो देशका लागि लडेर आएका हौँ, आज अरू कसैसँग सामना गर्न डराउने प्रश्नै छैन’, गुरुङले भनेका छन्, ‘हामी सधैँ सत्य र देशको पक्ष उभिन्छौँ, हामी आफ्ना जेनजी दाजुभाइ–बहिनीका आवाजसँग जोडिन्छौँ र अझ बलियो हुन्छौँ, हामी झन्डा गर्वले उचाल्छौँ, झन्डा उठाएर, शिर ठाडो पारेर हामी ।’ पोखरामा गुरुङलाई सोमबार सम्मान कार्यक्रम राखिएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
-
कुशलको नाममा अर्को शतक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण