बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
नेकपा एमाले

एमाले प्रतिनिधि छनोटः पौडेलको जिल्लामा सहज, पोखरेलको जिल्लामा विवाद

सोमबार, १५ मङ्सिर २०८२, १८ : ११
सोमबार, १५ मङ्सिर २०८२

सारांश

  • एमालेको लुम्बिनी प्रदेशमा केपी ओली र ईश्वर पोखरेल पक्षबीचको मतभेदका कारण संस्थापक पक्ष बलियो भएको विश्लेषण छ।
  • दाङमा प्रतिनिधि छनोटमा विवाद उत्पन्न भएको छ, भने रुपन्देहीमा स्वस्थ निर्वाचन अभ्यास भएको छ।
  • लुम्बिनी प्रदेशबाट महाधिवेशनका लागि १९० जना प्रतिनिधि चयन भएका छन्, जसमा विभिन्न जिल्लाबाट प्रतिनिधिहरू छानिएका छन्।

बुटवल । केन्द्रमा एमाले अध्यक्ष केपी ओली र ईश्वर पोखरेल पक्षबिच देखिएको मतभेदपछि लुम्बिनी प्रदेशमा संस्थापक पक्षको हाबी भएको विश्लेषण गरिएको छ। 

प्रतिनिधि छनोटको क्रममा लुम्बिनी प्रदेशबाट केन्द्रीय पदाधिकारी रहेका महासचिव शङ्कर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीलगायत ओली पक्षमा स्पष्ट रूपमा देखिएका छन्। उपाध्यक्ष विष्णु पौडेल र गोकर्ण विष्ट भने प्रतिनिधि छनोट गर्ने बेलासम्म खुलेर कुनै पक्षतिर नलागेकाले धेरै महाधिवेशन प्रतिनिधिहरू संस्थापक पक्षतिरकै देखिएका एमालेभित्र मूल्याङ्कन गरिएको छ।

यद्यपि, पोखरेलका पक्षमा खुलेर प्रतिनिधि निर्वाचनमा नदेखिएकाले यस्तो अवस्था आएको एमालेका एक लुम्बिनी प्रदेशसभा सदस्यले रातोपाटीलाई बताए। उनले भने, ‘केन्द्रबाट संस्थापक पक्ष बलियो गराउने जस्तै देखिन्छ, त्यही भएर पनि दाङ र बाँकेमा विवाद आएको छ।’ 

लुम्बिनी प्रदेशबाट अहिले केन्द्रमा रहेका पदाधिकारी पनि ईश्वर पक्षमा खुलेर लागेको भए प्रतिनिधि छनोटको अवस्था अर्को हुने थियो। हुन पनि उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलबिच केही मतभेद भए पनि अहिलेसम्म पौडेल ओलीसँगै भएका कार्यकर्ताहरूको बुझाइ छ । तर पौडेलले कित्ता परिवर्तन गरे उनी निकटका प्रतिनिधिहरू उतै लाग्ने निश्चितजस्तै छ । 

प्रतिनिधि छनोट गर्नुभन्दा करिब दुई हप्ता अगाडि नै पौडेल बुटवल आएका थिए भने त्यसको केही दिनपछि महासचिव पोखरेल पनि आएर कार्यकर्तासँग भेटघाट गरेका थिए।

उपाध्यक्ष पौडेलको जिल्लामा शान्त, महासचिव पोखरेलको जिल्लामा विवाद

एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरूको निर्वाचनमा उपाध्यक्ष पौडेलको निर्वाचन क्षेत्र रहेको रुपन्देही–२ मा स्वस्थ एवं लोकतान्त्रिक अभ्यास अवलम्बन गरिएको छ। तर, महासचिव पोखरेलको जिल्लामा भने विवाद बाहिर आएको छ। 

दाङमा जबरजस्त प्रतिनिधि छनोट गर्दा यस्तो विवाद बाहिर आएको एमालेको एउटा समूहको बुझाइ छ । 

लुम्बिनी प्रदेश कमिटी सदस्य कृष्णप्रसाद भुसालले पार्टीको केन्द्रीय सङ्गठन विभागमा उजुरी दर्ता गराउँदै मतदाता नामावली तथा निर्वाचन कार्यपालिका नै प्रकाशित नगरी साढे १० हजार प्रतिनिधिको हक अधिकार कुण्ठित गरी मनोमानी ढङ्गले प्रतिनिधि छानिएको बताए।

पौडेलको जिल्लामा भने मतदाताले व्यक्तिको योग्यता, योगदान, निष्ठा र इमानदारितालाई निर्वाचनको मुख्य आधार बनाएको र निर्वाचनबाट आफ्ना प्रतिनिधि छानिएको तर महासचिवको जिल्लामा निर्वाचनबिना प्रतिनिधि छनोट गर्दा यस्तो समस्या आएको एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले रातोपाटीलाई बताए। दाङबाट सर्वसम्मत छनोट गरिएको भन्दै प्रतिनिधि पठाइएको थियो।

यता, रुपन्देहीका क्षेत्र नम्बर १ र २ मा मतदानबाट प्रतिनिधि छनोट गरिएको छ भने अन्य क्षेत्रमा सर्वसम्मत भएको जिल्ला अध्यक्ष यज्ञ गैरेले बताए । प्रतिनिधिहरूको अनुहारमा निर्वाचन क्षेत्रको सामाजिक बनोट प्रतिबिम्बित भएको र लोकतान्त्रिक अभ्यासले रुपन्देहीमा चित्त बुझाएको एमाले लुम्बिनी प्रदेश सांसद विष्णु पन्थीले बताए। उनले सकेसम्म सर्वसम्मत भए पनि लोकतान्त्रिक विधिबाट मतदान हुने विषयमा कुनै दुविधा नभएको खुलाए।

प्रदेश कमिटीबाट ५ जना

प्रदेश कमिटीबाट ५ जना छनोट गर्ने अधिकार हुन्छ। जसअनुसार अध्यक्ष राधाकृष्ण कँडेल, भोजप्रसाद श्रेष्ठ (रुपन्देही), लक्ष्मण आचार्य (दाङ), लीला राना (बर्दिया) र बिना गुरुङ (दाङ) लाई छनोट गरिएको छ। 
प्रदेश अध्यक्ष कँडेलले विवाद भएको जिल्लामा सबै निर्वाचन सम्बन्धी कागजपत्र मगाएको उल्लेख गर्दै ती कागजपत्र र अहिले सर्वसम्मत भनिएका नामावली केन्द्रीय सङ्गठन विभागमा पठाउने तयारी रहेको रातोपाटीलाई बताए। उनले भने, ‘अन्य जिल्ला ठीकै छ, दाङ र बाँके जुन विवाद आएको छ, ती कागजपत्रसहित नामावली पठाउँछौँ, त्यसको निर्णय सङ्गठन विभागले नै गर्दछ।’

लुम्बिनी प्रदेशको कुन जिल्लाबाट के कति प्रतिनिधि आए ?

लुम्बिनीबाट खुलातर्फ ८० जना, महिलातर्फ ५३, युवातर्फ २६, दलिततर्फ १९, मजदुरतर्फ ७ र प्रदेश कमिटीतर्फ पाँच जना गरी कुल १९० जना प्रतिनिधि चयन भएका छन्।

एमाले जिल्ला कमिटी प्युठानले महाधिवेशनका लागि सर्वसम्मत रूपमा ८ जना प्रतिनिधि चयन गरेको छ। खुलातर्फ हरिप्रसाद रिजाल, विजय विराज विष्ट, तुल्सीराम शर्मा र नेगनसिंह कुँवर छन्। युवातर्फ श्रीधर रोका, दलिततर्फ झगबहादुर विश्वकर्मा, महिलातर्फ देवकीदेवी भण्डारी र दीपा पौडेल चयन भएको जिल्ला अध्यक्ष विजयराज विष्टले जानकारी दिएका छन्।

रुपन्देही

रुपन्देही–१ बाट खुलातर्फ ध्रुवप्रसाद खरेल, यज्ञ गैरे र हिमाल पाण्डे, महिलातर्फ जगेश्वरी चौधरी र राधा शाही, युवातर्फ कृष्ण पौडेल प्रतिनिधि चयन भएका छन्। रुपन्देही–२ बाट खुल्लातर्फ वासुदेव घिमिरे, गोपाल राना, राजु गुरुङ, तेजेन्द्र केसी, बाबुराम भट्टराई र कुमार थापा, महिलातर्फ ज्ञानु केसी, कल्पना थापा, विमला श्रेष्ठ र युवातर्फ बालकृष्ण पाण्डे प्रतिनिधि निर्वाचित भएका छन्। यहाँ चुनावबाट प्रतिनिधि चयन गरिएको थियो। रुपन्देही–३ बाट राजेन्द्रप्रसाद पन्थी, अयोध्या थारु, नरबहादुर घर्ती, पम्फावती खनाल, ममता पौडेल, चक्रबहादुर थापा निर्विरोध भएका छन्। रुपन्देही–४ बाट कृष्ण भुसाल, मुस्लिम खान, सुनिता ठठेर र भगवानदास कुर्मी निर्वाचित भएका छन्। रुपन्देही–५ बाट खुलातर्फ कृष्ण घिमिरे, चेतनारायण न्यौपाने, अब्दुल रहमान, बिन्दु श्रीस र लेखनाथ खनाल निर्वाचित भएका छन्। जिफन्ट लुम्बिनी प्रदेशबाट खुलातर्फ हरिबहादुर कार्की, हुमाकान्त काफ्ले, सन्तोष केसी, हुमबहादुर क्षेत्री र महिलातर्फ रज्जु भट्टराई, सरस्वती सुवेदी र मङ्गला जैसी निर्वाचित भएका छन्। 

पश्चिम नवलपरासी

पश्चिम नवलपरासी–१ बाट दीपेन्द्रकुमार अधिकारी, हरदेव पाण्डे, इन्द्रकुमारी थरुनी, राधा ढकाल र सुधा ज्ञवाली (युवा) निर्वाचित भएका छन्। क्षेत्र नम्बर–२ बाट डोलराज भण्डारी, थानप्रसाद गैरे, लक्ष्मी क्षेत्री, शान्ता भण्डारी, विनोद पुन (युवा) र तुलसीप्रसाद पासी (उत्पीडित क्षेत्र) निर्वाचित भएका छन्। 

पाल्पा

पाल्पा–१ बाट खेमबहादुर सारुँ, नारायण आचार्य, दमनसिंह पाटा मगर, विष्णु आचार्य, दुर्गादेवी राना, तिरणकुमारी श्रेष्ठ र सन्देश ढकाल (युवा) निर्वाचित भएका छन्। पाल्पा–२ बाट रामजी पोखरेल, ओमबहादुर घर्ती, धनेन्द्रराज घिमिरे, विष्णुबहादुर कार्की, नारायण जिसी, लालबहादुर दर्लामी, तुलबहादुर अधिकारी, श्रीकृष्ण पाण्डे, चिरञ्जीवी पोखरेल, शोभा खर भट्टराई, दीपक विश्वकर्मा (युवा), रन्जिव कुँवर र श्रीकृष्ण पोखरेल निर्वाचित भएका छन्। 

कपिलवस्तु

कपिलवस्तु–१ बाट डम्बर शर्मा, विश्रामप्रसाद चौधरी, बजरंगी कुर्मी चौधरी, शान्ता पाण्डे, विमला चौधरी र टुकलाल गैरे (युवा) चयन भएका छन्। कपिलवस्तु–२ बाट बाबुराम खनाल, मैराज खाँ, शारदा शर्मा, सरिता आचार्य र देवीराम अर्याल (युवा) चयन भएका छन्। कपिलवस्तु–३ बाट अर्जुनकुमार केसी, गोपालबहादुर थापामगर, गङ्गा घर्ती (महिला) र नारायण सापकोटा (युवा) निर्वाचित भएका छन्। दलितबाट सीबी गहतराज प्रतिनिधि निर्वाचित भएका छन्। 

अर्घाखाँची

अर्घाखाँचीमा खुल्लातर्फ पीताम्बर भुसाल, वसन्तकुमार श्रेष्ठ, शम्भुप्रसाद पोख्रेल, तेजप्रसाद खनाल र कमलप्रसाद घिमिरे चयन भएका छन्। महिलातर्फ दीपा आचार्य, विष्णुमाया आचार्य, लक्ष्मी गौतम र सुष्मा श्रेष्ठ निर्वाचित भएका छन्। युवातर्फ तेजबहादुर रायमाझी र दलिततर्फ लीलबहादुर बिक र आशा परियार निर्विरोध चयन भएका छन्। 

बाँके

बाँके–१ बाट बलराम भट्टराई, कुस्मा खर बस्याल, बसन्ती अधिकारी, खेमराज शर्मा र सुधा चौधरी निर्वाचित भएका छन्। क्षेत्र नम्बर–२ बाट निरक गुरुङ, हलिम शाह, मोहित शाह र हिरा खराल निर्वाचित भएका छन्। बाँके–३ बाट रत्न खत्री, मानबहादुर रूचाल, एकमाया बिक, भूमिसरा धिताल, विमल मल्ल र दलबहादुर सुनार निर्वाचित भएका छन्। 

बर्दिया

बर्दिया–१ बाट सालिकराम अधिकारी, लालबहादुर श्रेष्ठ, पदम ढकाल, अम्मरबहादुर खड्का, कृष्णा गुरुङ, नारायणी चौधरी, लक्ष्मी अधिकारी र रामकुमार चौधरी निर्वाचित भएका छन्। बर्दिया–२ बाट घननारायण श्रेष्ठ, दुर्गा वली, सङ्गीता चौधरी, मेनका पोख्रेल र भरत धामी निर्वाचित भएका छन्। दलिततर्फ भूपेन्द्र सरला र विमला विक निर्वाचित भएका छन्। 

गुल्मी

गुल्मी–१ बाट बालसिंह काउछा, फर्सराम पाण्डे, फर्सराम ज्ञवाली, पीताम्बर अर्याल, राजमी ढकाल, सुशीला पुन, राधिका अर्याल, अञ्जु कँडेल खत्री र अर्जुन कनौजे निर्वाचित भएका छन्। गुल्मी–२ बाट हरिप्रसाद पोखरेल, प्रकाश काफ्ले, लीलबहादुर विष्ट, रितबहादुर थापा, ललित गौतम, कमला शर्मा, सरिता खड्का, माधव विष्ट निर्वाचित भएका छन्। दलिततर्फ रीता रम्तेल, सूर्य सोनी र कृष्ण सुनार निर्वाचित भएका छन्। 

दाङ

दाङमा खुलातर्फ शिवकुमार आचार्य, सुदन केसी, देवबहादुर बस्नेत, भुवन चौधरी, भानसिंह बुढा, हुकुमबहादुर बस्नेत, भुवनेश्वर पौडेल, सूर्यबहादुर डाँगी, मनोहर बुढाथोकी, आशिष योगी, राममणि पाण्डे, कुलबहादुर केसी र घनश्याम चौधरी छनोट भएका छन्। महिलातर्फ भने सीता चौधरी (क्षेत्र नं. १), लक्ष्मी शर्मा, पुष्पा लामिछाने भट्टराई र सीता चौधरी (क्षेत्र नं. २), रत्न तिवारी श्रेष्ठ, तुलसी डाँगी पोखरेल र रेखा केसी देवकोटा चयन भएकी छन्। दलिततर्फ भने मानबहादुर विक, निर्मला विक र टङ्कबहादुर विक रहेका छन्। 

रुकुम पूर्व

रुकुम पूर्वबाट नन्दलाल शर्मा, बागलाल बुढामगर, भावना बुढाथोकी, गोपालप्रसाद सुनार र लीलामणि गौतम (युवा) प्रतिनिधि चयन भएका छन्। 

रोल्पा

महाधिवेशनका लागि रोल्पाबाट खुला २, महिला २, युवा १ र दलित १ गरी ६ जना प्रतिनिधि चयन भएका छन्। जसअनुसार खुलातर्फ शान्तकुमारी वली र बालाराम बुढा छन्। महिलातर्फ सावित्राकुमारी बुढा (घर्ती) र जगमती बस्नेत चयन भएका छन्। यस्तै युवातर्फ अमृतबहादुर बुढा र दलिततर्फ पहलबहादुर विक छनोट गरिएको निर्वाचन कमिटीले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप