पोखरामा आइटिएफ टेनिस सुरु, १६ देशका ८० खेलाडी प्रतिस्पर्धा गर्दै
सारांश
- पोखरामा आइटिएफ जे ३० टेनिस प्रतियोगिता सुरु भयो, जसमा १६ देशका ८० खेलाडीहरूको सहभागिता छ।
- प्रतियोगितामा पुरुष र महिला खेलाडीहरू विभिन्न विधामा प्रतिस्पर्धा गर्नेछन्, जसले अंक प्राप्त गर्नेछन्।
- नेपाल पर्यटन बोर्डका अनुसार, प्रतियोगिताले पोखरालाई खेलकुद हबको रूपमा चिनाउन मद्दत गर्छ।
कास्की । पर्यटकन राजधानी पोखरामा आजदेखि ‘आइटिएफ जे ३० टेनिस’ को प्रतियोगिता सुरु भएको छ । पोखरा रङ्गशालाको टेनिस सेन्टरमा सुरु प्रतियोगिता अन्तर्राष्ट्रिय टेनिस महासङ्घद्वारा स्वीकृतप्राप्त ‘आइटिएफ जे ३० टेनिस टुर पोखरा’को आठौँ संस्करण हो ।
कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा सञ्चालन भएको प्रतियोगिता आगामी मङ्सिर २७ गतेसम्म चल्नेछ । प्रतियोगितामा १६ देशका ८० खेलाडीहरुको सहभागिता छ । जसमा पुरुषतर्फ ५५ र महिलातर्फ २५ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा नेपालसहित भारत, चीन, अमेरिका, न्युजिल्याण्ड, ताइवान, बङ्गलादेश र क्यानाडका खेलाडी सहभागी छन् । यसैगरी अस्ट्रेलिया, कोरिया, बेलायत, सिङ्गापुर, मलेसिया, श्रीलङ्का, इजरायल र हङकङका खेलाडीहरुले समेत उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा १३ वर्षदेखि १८ वर्ष उमेर समूहमा हुने प्रतिष्पर्धाका विजेताले समान ३० अङ्क, उपविजेताले १८ अङ्क, सेमिफाइनलिष्टले नौ अङ्क, क्वाटरफाइनालिष्टले पाँँच र आर–१६ ले दुई अङ्क प्राप्त गर्नेछन् ।
त्यस्तै ‘डबल्स’मा विजेताले २५ अङ्क उपविजेताले १३ अङ्क, सेमिफाइनालिष्टले छ अङ्क, क्वाटरफाइनालिष्टले तीन अङ्क प्राप्त गर्ने प्रतियोगिता संयोजक अजय विष्टले जानकारी दिए ।
प्रतियोगितामा ‘ब्वाइज सिङ्गल्स’ तथा ‘डबल्स’÷‘गर्ल्स सिङ्गल्स तथा डबल्स’ गरी चार विधामा सञ्चालन हुनेछन् । जसमा बिजेता तथा उप–विजेताले प्रमाणपत्रसहित पदक प्राप्त गर्नेछन् ।
प्रतियोगिताको उद्घाटन गर्दै नेपाल पयर्टन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले प्रतियोगिताले यस क्षेत्रको पर्यटनमा महत्वपूर्ण भूमिका खेलेको बताए । उनले पोखरा पर्यटनको राजधानी मात्र नभई खेलकुदको समेत ‘हव’ भएको उल्लेख गरे ।
“प्रतियोगिताले पोखरालाई खेलकुदको हवको रुपमा चिनाउन मात्रै नभई खेलकुदमार्फत पर्यटन प्रवद्र्धनमा भूमिका खेलेको छ । पोखरालाई खेलकुदमार्फत चिनाउन टेनिसको महत्वपूर्ण भूमिका भएकोले पर्यटन बोर्ड सहकार्य गर्दै अघि बढेको छ”, उनले भने ।
आयोजक कास्की टेनिस सङ्घका अध्यक्ष राजकुमार गुरूङले आठौँ सस्करणको यात्रामा प्रतियोगिता अझै प्रभावकारी बन्दै गएको बताउँदै मुलुकको विषम परिस्थितिमा समेत १६ देशका खेलाडीहरुको सहभागिता हुनु गर्वको विषय रहेको उल्लेख गरे ।
कास्की टेनिसका सचिव भीष्मराज पौडेलले प्रतियोगिताको सफल व्यवस्थापनकै कारण पोखरामा आएर खेल्न खेलाडीहरु उत्साहित रहेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण