आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

रुपन्देही–३ बाहेक अन्यत्र उम्मेदवार चयन भएको छैन : रास्वपा

मङ्गलबार, १६ मङ्सिर २०८२, १७ : ००
मङ्गलबार, १६ मङ्सिर २०८२

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी निर्वाचनमा नेता तथा सदस्यहरूले आफूखुसी उम्मेदवारी घोषणा गरेकोमा आपत्ति जनाएको छ।
  • पार्टीले प्रतिनिधिसभा सदस्यका उम्मेदवारको छनोट आधिकारिक रूपरेखा र विधिअनुसार मात्र हुने जनाएको छ।
  • पार्टीले निर्वाचन क्षेत्रको उम्मेदवारबारे भ्रामक प्रचार नगर्न नेता, सदस्य र शुभेच्छुकहरूलाई आग्रह गरेको छ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले विभिन्न तहका नेता तथा सदस्यहरूले आगामी प्रतिनिधिसभा निर्वाचनमा आफू खुसी उम्मेदवारी घोषणा गरेकोप्रति आपत्ति जनाएको छ । 

पार्टीबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारको छनोट पार्टीले पारित गरेको आधिकारिक रूपरेखा र विधिअनुसार मात्र हुने स्पष्ट नीति रहेकोले आफूखुसी अभिव्यक्ति नदिन पार्टीले आग्रह गरेको हो  ।

एक विज्ञप्ति जारी गर्दै पार्टीले भनेको छ– 'पार्टी नीति अनुरूप रुपन्देही क्षेत्र नं। ३ का लागि मात्रै उम्मेदवार औपचारिक रूपमा चयन भएको छ। यसबाहेक अन्य कुनै पनि प्रतिनिधिसभा निर्वाचन क्षेत्रका लागि हालसम्म पार्टीको तर्फबाट उम्मेदवार टुङ्गो लागेको छैन भन्ने ब्यहोरा सम्बन्धित सबैमा यसैमार्फत स्पष्ट गरिन्छ।'

विज्ञप्तिमा थप भनिएको छ– 'पार्टीको आधिकारिक निर्णय नभइसकेको अवस्थामा कुनै पनि निर्वाचन क्षेत्रको उम्मेदवारसम्बन्धी भ्रामक, अपुष्ट वा अफवाह फैलिने खालका वक्तव्य, प्रचार–प्रसार वा गतिविधि नगर्न–नगराउन सम्पूर्ण नेता, सदस्य, संरचना तथा शुभेच्छुकहरूमा हार्दिक अनुरोध गर्दछौँ। उम्मेदवार छनोट प्रक्रियाप्रति पूर्ण विश्वास राखी पार्टी अनुशासन, सामूहिक निर्णय र स्वस्थ राजनीतिक संस्कारको सम्मान गर्दै अघि बढ्न सबैमा अपिल गर्दछौँ।'

rsp

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप