अपाङ्गता भएकाहरूलाई न्यानो कपडा वितरण
मङ्गलबार, १६ मङ्सिर २०८२, ०८ : ०२
काठमाडौँ । काठमाडौँको जोरपाटीमा अपाङ्गता भएकाहरूलाई न्यानो कपडा वितरण गरिएको छ । युवा अपाङ्ग सङ्गठनको आयोजनामा एभरेस्ट वासिङ्ग एण्ड गार्मेन्ट प्रालिले सोमबार ज्याकेट वितरण गरेको हो ।
‘साथी ज्याकेट कार्यक्रम’ अन्तर्गत गोकर्णेश्वर नगरपालिका–६ स्थित जोरपाटीमा सञ्चालित बालबाटीका स्कुलमा कपडा वितरण गरिएको आयोजक समूहका सदस्य प्रकाश श्रेष्ठले जानकारी दिए । अपाङ्गता भएका व्यक्तिहरूको ३४ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा युवा अपाङ्ग सङ्गठनका संयोजक तथा एभरेस्ट गार्मेन्टका मधु क्षेत्रीले कपडा सहयोग गरेका हुन् ।
मौसमको प्रतिकुलतामा जीवन सहज होस भनेर कपडा वितरण गरिएको आयोजना संस्थाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण