मधेसमा सात दलीय गठबन्धनको तयारी के छ ?
सारांश
- सर्वोच्चको आदेशपछि मधेसका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिँदैछन्।
- मुख्यमन्त्री कसलाई बनाउने भन्ने विषयमा एमालेविरुद्धको गठबन्धनमा विवाद छ।
- कांग्रेस र जसपा नेपाल कृष्णा यादवलाई मुख्यमन्त्री बनाउन सहमत भएका छन्।
जनकपुरधाम । सर्वोच्चको परमादेशपछि आज मधेसका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिँदैछन् । उनले विश्वासको मत नपाउने देखिएपछि मधेसमा नयाँ सरकार गठनको गृहकार्य समेत चलिरहेको छ ।
एमालेविरुद्ध एक भएका ७ दलीय गठबन्धन भित्र पनि मुख्यमन्त्री कसलाई बनाउने विषयमा विवाद कायमै छ । लोसपाले जितेन्द्र सोनललाई नै मुख्यमन्त्री बनाउने अडान लिएपनि उनीप्रति अन्य दलहरू सकारात्मक देखिएका छैनन् ।
नेपाली कांग्रेस भने पार्टीका संसदीय दलका नेता कृष्णा यादवलाई मुख्यमन्त्री बनाउनुपर्ने अडानमा छ । यो प्रस्तावमा जसपा नेपालको पनि साथ रहेको कांग्रेसका एक प्रदेशसभा सदस्यले बताए । श्रोतका अनुसार जसपा नेपालले सभामुख लिने शर्तमा कांग्रेसलाई मुख्यमन्त्रीमा सहयोग गर्न लागेको हो ।
लोसपाका संसदीय दलका नेता जयनुल राइनले भने सोनललाई नै मुख्यमन्त्री बनाउनुपर्ने अडान दोहराएका छन् । यसअघि ७ दल भित्र जितेन्द्र सोनललाई नै मुख्यमन्त्रीको रुपमा अगाडि सार्ने सहमति भएको उनको दाबी छ ।
यद्यपि सात दलीय गठबन्धनका नेताहरुले आ आफ्नो दाबी प्रस्तुत गरे पनि सहमतिमै मुख्यमन्त्रीको उम्मेदवार तय गरिने बताउँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण