एउटै गाउँबाट रु दुई करोडभन्दा बढीको सुन्तला बिक्री
सारांश
- बेनीकोट गाउँका किसानले यस वर्ष दुई करोडभन्दा बढीको सुन्तला बिक्री गरेका छन्।
- किसानलाई सुन्तला टिप्ने र बिक्री गर्ने चटारो छ, बजारमा माग राम्रो छ।
- सडकको समस्याका कारण ढुवानीमा केही कठिनाइ छ।
तनहुँ । तनहुँको व्यास नगरपालिका–१३ स्थित बेनीकोट गाउँका किसानले यस वर्ष रु दुई करोड बराबरको सुन्तला बिक्री गरेका छन् ।
सदरमुकाम दमौलीबाट सात किलोमिटर दुरीमा अवस्थित बेनीकोटका किसानलाई यतिबेला बारीमा फलेका सुन्तला टिप्ने र सुन्तला मिलाउने काममा भ्याइनभ्याइ छ ।
बेनीकोटका किसान फलबहादुर थापाले आफूले यस वर्ष रु १६ लाख ५० हजारको सुन्तला बिक्री गरे । सिद्धबेनी माध्यमिक विद्यालयका पूर्वशिक्षक उनी सुन्तला खेतीबाट मनग्य आम्दानी हुँदै आएको उल्लेख गर्दै गाउँबाट यस वर्ष रु दुई करोड मूल्य बराबरको सुन्तला बिक्री भएको जानकारी दिए ।
कालबहादुर रानाले आफूले रु चार लाखको सुन्तला बिक्री गरेको बताए । उत्पादन भएका सुन्तला बिक्रीका लागि कुनै समस्या नरहेको उनको भनाइ छ । उनले भने, “ठेकेदार नै गाउँसम्म आउँछन्, सुन्तला बगानको मोलमोलाइ गरेपछि बोट किन्ने, टिप्ने, ढुवानी गर्ने सम्बन्धित ठेकदारले नै गर्छन् ।”
स्थानीय मनसिंह थापाले अन्य खेतीभन्दा सुन्तलाखेती गर्न सहज र मनग्य आम्दानी हुने बताए । उनले भने, “प्रत्येक वर्ष मङ्सिर महिनाभर बेनीकोट गाउँका किसानलाई सुन्तला बेच्न भ्याइनभ्याइ हुन्छ ।” थापाले यस वर्ष रु दुई लाख १० हजारको सुन्तला बिक्री गरे ।
भिरालो सडक रहेको र सडकको स्तरोन्नति नहुँदा सदरमुकामबाट नजिकै भए पनि सुन्तला ढुवानीमा समस्या भोग्नुपरेको व्यवसायी लेखबहादुर थापाले बताए । उनले भने, “अहिले दैनिक पाँच वटासम्म गाडीमा सुन्तला बजार पुर्याउने गरिएको छ । जोखिमपूर्ण बाटो भएकाले असहज भने छ ।”
बेनीकोटमा एउटा किसानले न्यूनतम २० देखि ८०० सम्म वटासम्म सुन्तलाका बोट लगाएका छन् । यहाँको सुन्तला काठमाडौँ, चितवन, पोखरासम्म पुग्ने गरेको छ । मङ्सिर महिनामा धान भित्र्याउने समय भए पनि यहाँका किसानको मुख्य आम्दानीको स्रोत सुन्तला भएकाले किसान यतिबेला सुन्तला टिप्न र बिक्री गर्न व्यस्त छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण