उज्यालो नेपालको चुनाव चिह्न लिने सहमतिबाट ब्याक भए खगेन्द्र सुनार
बुधबार, १७ मङ्सिर २०८२, १७ : ००
काठमाडौँ । खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपाल उज्यालो नेपाल पार्टीको चिह्नबाट निर्वाचनमा भाग लिने सहमतिबाट अलग भएको छ ।
मंसिर १० गते कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीको बलेको चिम चिह्न लिएर निर्वाचनमा भाग लिने दुई पार्टीबिच सहमति भएको थियो । तर कानुनी झमेला हुने भएकाले पूर्वसहमतिबाट अलग भएको केन्द्रीय सदस्य प्रेमनारायण विकले बताए । उनका अनुसार मंसिर १४ गते नै पार्टीले आयोगलाई जानकारी गराइसकेको छ ।
‘हामीले एकत चुनाव चिह्न लिने सहमति गरेको हो । तर पछि कानुनी झमेला हुने देखिएपछि सहमतिबाट अलग भयौँ । एउटै चुनाव चिन्ह प्रयोग गर्दा पार्टीको अस्तित्व नै नरहने रहेछ । अब हामी आफ्नै पार्टीको चिन्हमा निर्वाचनमा भाग लिन्छौँ । दुई पार्टीबिच चुनाव तालमेल हुन्छ’, विकले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण