एमाले महाधिवेशनको तयारी तीव्र
सारांश
- एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको तयारी तिब्र गतिमा अघि बढिरहेको छ।
- जिल्ला र प्रवासबाट आउने प्रतिनिधिको सूचीलाई अन्तिम रूप दिने काम भइरहेको छ।
- महाधिवेशन भक्तपुरको सल्लाघारीमा मङ्सिर २७ गते हुने कार्यक्रम छ।
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनको तयारी तीव्र रुपमा अघि बढाइएको छ । महाधिवेशन व्यवस्थापन तयारीका विषयमा आज सो पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा महासचिव शङ्कर पोखरेलसहितका नेताहरूबिच छलफल भएकाे छ।
छलफलमा उपमहासचिवहरू प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाल, सचिवहरू, तोकिएका सङ्गठन विभागका प्रमुखसहित विभागीय प्रमुखहरू, स्थायी कमिटी सदस्य, पोलिटब्युरो सदस्य तथा व्यवस्थापन समिति सचिवालयमा रहेका अन्य नेताहरू सहभागी थिए ।
महाधिवेशनका लागि जिल्ला र प्रवासहरूबाट प्राप्त प्रतिनिधिको सूचीलाई केन्द्रीय सङ्गठन विभागले अन्तिम रूप दिने कार्य गरिरहेको बैठकमा जानकारी गराइएकाे छ । गत मङ्सिर १३ गते सबै मातहतका कमिटी र जनसङ्गठनमा देखिएका विवाद समाधान भएपछि प्रतिनिधि सूची पूर्णरूपमा केही दिनमै टुङ्गो लाग्ने जनाइएकाे छ । ओखलढुङ्गा र धनकुटाका विवाद बाहेक अन्यका महाधिवेशन प्रतिनिधिको सूची तयार भइसकेको छ ।
बैठकपछि उपमहासचिव ज्ञवालीले महाधिवेशनका सबै तयारीहरू उत्साहजनक रूपमा अगाडि बढिरहेको जानकारी दिए । महाधिवेशनमा करिब दुई हजार चार सय भन्दा बढी प्रतिनिधि सहभागी हुने प्रारम्भिक अनुमान छ । देशभरका प्रदेश, जिल्ला, जनसंगठन तथा मोर्चा संगठनहरूबाट चयन हुने प्रतिनिधिहरूले नेतृत्वसम्बन्धी महत्त्वपूर्ण निर्णयमा सहभागी हुनेछन् ।
महाधिवेशन यही मङ्सिर २७ गते भक्तपुरको सल्लाघारीमा हुने कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माद्वारा संसद् अवरुद्ध
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण