विराटनगरविरुद्ध लुम्बिनी ५ विकेटले विजयी
सारांश
- ड्रार्शी सर्टको उत्कृष्ट अर्धशतकको मद्दतले लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई पराजित गर्यो।
- लुम्बिनीले १४५ रनको लक्ष्य १७.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो।
- विराटनगरका लोकेश बमले सर्वाधिक ३५ रन बनाए भने लुम्बिनीका शेर मल्लले ३ विकेट लिए।
काठमाडौँ । अस्ट्रेलियन ब्याटर डार्सी सर्टको उत्कृष्ट अर्धशतकीय प्रदर्शनमा लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई सहजै हराएको छ ।
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को बुधबारको खेलमा लुम्बिनी लायन्स ५ विकेटले विजयी भएको हो ।
लुम्बिनीको जितमा सर्टले ४४ बलमा ५७ रन बनाए। जारी एनपीएलमा उनको यो पहिलो अर्धशतक हो । सन्दीप लामिछानेको बलमा लोकेश बमद्वारा क्याच आउट हुनुअघि उनले २ छक्का र ६ चौका प्रहार गर्दै अर्धशतक पूरा गरे।
कप्तान रोहित पौडेल भने आज शून्य रनमै आउट भए । यद्यपि लुम्बिनीका बलर र ब्याटर दुवैले आज राम्रो प्रदर्शन गरे । त्यस्तै श्रीलंकन ब्याटर निरोशन डिकवेला पनि आज उत्कृष्ट लयमा देखिए । उनले २२ बलमा अविजित २९ रन बनाए भने दिलीप नाथले १२ बलमा १६ रनको योगदान दिए । स्टम्पिङ आउट हुनुअघि सुमित महर्जनले पनि ११ बलमा १० रन जोडे ।
१४५ रनको मध्यम लक्ष्य लुम्बिनीले १७ दशमलव ४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४४ रन बनाएको थियो । विराटनगरका लागि लोकेश बमले सर्वाधिक ३५ रन बनाए पनि अन्य ब्याटरले खासै राम्रो प्रदर्शन गर्न सकेनन् । खेलको अन्त्यतिर बसिर अहमदले भने उत्कृष्ट इनिङ्स खेले । उनले १९ बलमा २८ रनको योगदान दिए । लुम्बिनीका शेर मल्लले आज ३ विकेट लिए । विराटनगरले आज भरपर्दा ओपनर जर्ज मुन्सीलाई शून्य रनमै गुमाएको थियो ।
विराटनगरका सन्दीप लामिछाने र सुवास भण्डारीले समान २ विकेट लिए । पूरा ओभर बलिङ गरेका भण्डारीले ३० रन खर्चिए भने लामिछानेले २० रन मात्र दिए ।
जारी एनपीएलमा लुम्बिनीको यो तेस्रो जित हो भने विराटनगरको यो दोस्रो हार हो । यस जितसँगै दुवै टोलीले प्लेअफमा पुग्ने सम्भावना कायम राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा निरङ्कुशता र हुकुमी शैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
-
दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु
-
सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण