आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रिजालको नयाँ कृति प्रकाशित

बुधबार, १७ मङ्सिर २०८२, २० : ०४
बुधबार, १७ मङ्सिर २०८२

काठमाडौँ । वरिष्ठ पत्रकार तथा साहित्यकार कमल रिजालद्वारा लिखित रत्न नीतिकथा सँगालो भाग ५ र ६ नामक पुस्तक एकैसाथ प्रकाशित भएको छ । 
रत्न पुस्तक भण्डारद्वारा प्रकाशित पुस्तकमा मध्यम साइजको २०।२० कथा समेटिएको छ  । 

पुस्तकमा एकाध कथा नीतिपरक इसपको कथा (विदेशी) कथाको सार खिचेर लेखिएको भए पनि अन्य सबै कथा वेद, पुराण, उपनिषद तथा रामायण र महाभारतको सार खिचेर बालोपयोगी तरिकाले लेखिएको लेखक रिजालले बताए । 

रिजालले भने, ‘पुस्तक खासगरी प्राथमिक र निम्नमाध्यमिक तहका विद्यार्थी भाइबहिनीहरू नीतिपरक शिक्षा दिने उद्देश्यले लेखिएको भए पनि यसबाट सबै उमेर समूहका पाठकले हाम्रा प्राचीन बौद्धिक वैभवबारे केही न केही लाभ लिन सक्छन् । ’

रत्न पुस्तक भण्डारका प्रबन्ध निर्देशक गोविन्द श्रेष्ठका अनुसार आजको बालबलिकाको काँधमा मुलुकको भविष्य निहित छ ।  त्यसैले उनीहरूलाई सानैदेखि केही केही नैतिक शिक्षाका पाठ दिँदै जान सके मुलुकको भविष्य निर्माणमा पक्कै केही सहयोग गर्ला भन्ने ठानेर रत्न पुस्तक भण्डारले यस्ता पुस्तकहरू प्रकाशित गर्नेतर्फ पनि ध्यान दिँदै आएको श्रेष्ठको भनाइ छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप