नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा २६ देशका ५० चलचित्र देखाइने
काठमाडौँ । विश्वभरका मानवअधिकार केन्द्रित चलचित्रलाई एउटै छानामुनि ल्याउने उद्देश्यका साथ ‘१३औँ नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’ काठमाडौँमा हुने भएको छ ।
आगामी मंसिर २५ देखि २९ गतेसम्म काठमाडौँको चलचित्र विकास बोर्डको सभाहल र नेपाल पर्यटन बोर्डको सभाहलमा हुने पाँच दिने महोत्सवमा यस वर्षको मूल विषयवस्तु ‘बाल अधिकार’ रहेको महोत्सव निर्देशक पाण्डव खत्रीले जानकारी दिए ।
उनले भने, 'हामीले २६ देशका ५० चलचित्रहरू प्रदर्शन गर्नेछौँ । महोत्सवमा छानिएका धेरैजसो चलचित्रले कान्स, बर्लिनाले, भेनिस र बुसानजस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय महोत्सव सहभागिता जनाइसकेका छन् । हामीले देखाउने चलचित्रले मानवअधिकारका विषयलाई सहज र सरल रूपमा दर्शकसम्म पुर्याउनेछन् ।'
उनले ‘कान्स फिल्म फेस्टिभल २०२५’ अन्तर्गत ‘पाल्मे डी ओर’ (लघु चलचित्र) विजेता ‘आई एम ग्ल्याड यु आर डेड नाउ’, सोही महोत्सवमा पहिलोपटक प्रदर्शनी गरिएको ‘नाभी लिली’ बज्जिका भाषामा बनेको पहिलो ‘फिचर’ चलचित्र ‘आजुर’ लगायत महोत्सवको आकर्षण रहेको जानकारी दिए ।
महोत्सवका क्रममा विश्वभरका चलचित्र निर्देशक, निर्माता, कलाकार तथा मानवअधिकारकर्मीहरूको उपस्थितिमा अन्तरक्रियात्मक समूहगत छलफल, फोटो प्रदर्शनी, ‘लाइभ पेन्टिङ’ लगायत विभिन्न कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेता अमिताभ बच्चन अस्पताल भर्ना
-
प्रदेशमा प्रमुख ३ दल मिलेर सरकार बनाउन नहुने कांग्रेसको बटमलाइन
-
चौतर्फी विरोधपछि ३ प्रतिशत स्वास्थ्य र शिक्षा समता शुल्कबाट पछि हट्यो सरकार
-
जसपा नेपालले बोलायो पुरानो केन्द्रीय समिति बैठक, आफ्नो छुट्टै कार्यक्रम जारी राख्ने
-
गुणस्तरीय तयारी पोसाक उद्योगको विकास र प्रवर्द्धनमा सरकारकाे जोड
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण