बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

एमबाप्पेको दुई गोलले मड्रिडलाई शानदार जित

बिहीबार, १८ मङ्सिर २०८२, ०१ : ४६
बिहीबार, १८ मङ्सिर २०८२

सारांश

  • रियल मड्रिडले एथ्लेटिक क्लबलाई ३-० गोलले पराजित गर्यो, जसमा एमबाप्पेले दुई गोल गरे।
  • खेलको सुरुमै एमबाप्पेले गोल गर्दै मड्रिडलाई अग्रता दिलाए, र कामाभिङ्गाले पनि गोल गरे।
  • जितसँगै रियल मड्रिडले महत्त्वपूर्ण तीन अंक प्राप्त गर्यो।

काठमाडौँ । ला लिगा अन्तर्गत नेपाली समय अनुसार बुधबार राति भएको खेलमा किलियन एमबाप्पेका दुई गोलले रियल मड्रिडले एथ्लेटिक क्लबमाथि ३-० को शानदार जित हात पारेको छ।

खेलको सुरुवाती सातौँ मिनेटमै एमबाप्पेले पहिलो गोल गर्दै मड्रिडलाई अग्रता दिलाए। पहिलो हाफको ४२ औँ मिनेटमा एडुआर्डो कामाभिङ्गाले उत्कृष्ट फिनिसिङ गर्दै टोलीको अग्रता दोब्बर बनाए।

दोस्रो हाफमा समेत मड्रिडले आक्रामक खेल जारी राख्दै ५९औँ मिनेटमा एमबाप्पेले दोस्रो गोलसँगै मड्रिड ३–० ले विजयी भएको हो । 

जितसँगै रियल मड्रिडले तीन अंक हात पारेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप