विराटनगर इन्टरनेशनल कलेजको दीक्षान्त समारोह सम्पन्न
सारांश
- विराटनगर इन्टरनेशनल कलेजले सोल्टी वेस्टेन्ड, इटहरीमा वार्षिक दीक्षान्त समारोह सम्पन्न गर्यो।
- समारोहमा ६४ जना विद्यार्थीले स्नातक उपाधि हासिल गरे, जसले प्रतिस्पर्धात्मक करियर सुरु गर्नेछन्।
- कार्यक्रममा इनोभेट नेपाल ग्रुपका अध्यक्षले विद्यार्थीहरूलाई उत्प्रेरित गरे।
विराटनगर । विराटनगर इन्टरनेशनल कलेजले सोल्टी वेस्टेन्ड, इटहरीमा आफ्नो वार्षिक दीक्षान्त समारोह–२०२५ भव्य रूपमा सम्पन्न गरेको छ। कलेजले यस वर्षका स्नातक विद्यार्थीहरूको शैक्षिक उपलब्धि, समर्पण र कडा मेहनतलाई सम्मानपूर्वक उद्घोष गर्दै समारोह सम्पन्न गरेको हो।
यस वर्ष कलेजका ६४ जना विद्यार्थीले स्नातक उपाधि प्राप्त गरेका छन्। कलेजका अनुसार यी विद्यार्थीहरू अब राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धात्मक करियर यात्रामा अघि बढ्न सक्षम बनेका छन्।
समारोहमा इनोभेट नेपाल ग्रुपका संस्थापक एवं अध्यक्ष सुलभ बुढाथोकीले स्नातक विद्यार्थीहरूलाई बधाई दिँदै परिवर्तनकारी सोच, नेतृत्व क्षमता र सामाजिक जिम्मेवारीसहित अघि बढ्न प्रेरित गरे।
कार्यक्रममा कलेजको शैक्षिक साझेदार युनिभर्सिटी अफ वोल्भरह्याम्पटनका प्रतिनिधिले पनि उपस्थिति जनाउँदै स्नातकहरूको अनुशासन, प्रतिबद्धता र मेहनतको प्रशंसा गरे। उनले विद्यार्थीहरूको शैक्षिक यात्रा कलेज र विश्वविद्यालयबिचको सुदृढ साझेदारीको सफल नतिजा भएको टिप्पणी गरे।
विराटनगर इन्टरनेश्नल कलेजका अध्यक्ष तथा व्यवस्थापन टोलीले स्नातक–२०२५ लाई हार्दिक बधाई दिँदै उनीहरूले नेपालको व्यवस्थापन, उद्यम, आतिथ्य सेवा तथा विश्वव्यापी अवसरहरूको क्षेत्रमा महत्त्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण