श्रीलङ्कामा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या ४७९ पुग्यो ३५० अझै बेपत्ता
श्रीलङ्का । श्रीलङ्कामा हालै आएको चक्रवातले निम्त्याएको मौसमी विपद्का कारण मृत्यु हुनेको सङ्ख्या ४७९ पुगेको श्रीलङ्काको विपद् व्यवस्थापन केन्द्र (डिएमसी) ले बिहीबार जनाएको छ ।
केन्द्रका अनुसार अझै थप ३५० जना बेपत्ता छन्, भने राष्ट्रव्यापी रूपमा चार लाख ५५ हजार ४०५ परिवारका १६ लाख भन्दा बढी मानिसहरू प्रभावित भएका छन् । डिएमसीले विपद्का कारण एक हजार २८९ घरहरू ध्वस्त भएको र ४४ हजार ५०० भन्दा बढी घरमा आंशिक क्षति भएको जनाइएको छ ।
कृषि सेवा विभाग अन्तर्गतका एक हजार ७७७ वटा ट्याङ्की, ४८३ वटा बाँध, एक हजार ९३६ वटा नहर र ३२८ वटा सडक क्षति ग्रस्त भएको जनाइएको छ ।
यसैबिच चिनियाँ नेताहरूले श्रीलङ्कामा आएको विनाशकारी बाढी प्रति शोक व्यक्त गरेका छन् भने श्रीलङ्काको अनुरोधमा चीनले श्रीलङ्कालाई नगद अनुदान र लाइफ ज्याकेट, टेन्ट लदगायतका आपूर्ति सहित आपतकालीन मानवीय सहायता प्रदान गर्ने निर्णय गरेको छ ।
एसियाली विकास बैंकले श्रीलङ्कालाई आपतकालीन अवस्थामा सहयोग गर्न तीस लाख अमेरिकी डलर अनुदान स्वीकृत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण