एनपीएलः ब्याटिङमा विदेशी चम्किँदा, बलिङमा नेपाली खेलाडीको वर्चश्व
सारांश
- नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनमा ब्याटिङमा विदेशी खेलाडी र बलिङमा नेपाली खेलाडीको राम्रो प्रदर्शन रहेको छ।
- पोखरा एभेन्जर्सका एडम रोसिङ्टन ब्याटिङतर्फ शीर्ष स्थानमा छन् भने कर्णाली याक्सका मार्क वाटले एक शतकसहित सर्वाधिक रन बनाएका छन्।
- बलिङतर्फ सन्दीप लामिछाने, अविनाश बोहरा, शाहब आलम र करण केसीले १२-१२ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरेका छन्।
काठमाडौँ। मंसिर १ गतेदेखि सुरु भएको नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनमा हालसम्म २४ खेल सकिँदा प्रतियोगितामा केही रोचक नतिजा देखिए । ब्याटिङतर्फ विदेशी खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष स्थान ओगटेका छन् भने बलिङतर्फ नेपाली खेलाडीहरूको बलियो उपस्थिति देखिएको छ ।
ब्याटिङमा पोखरा एभेन्जर्सका एडम रोसिङ्टन ६ खेलमा २५८ रन बनाएर पहिलो स्थानमा छन् । उनका पछाडि कर्णाली याक्सका मार्क वाट रहेका छन्, जसले एक शतकसहित २४२ रन जोडेका छन् । वाटले बनाएको ११४ अविजित रन हालसम्म यो सिजनको सबैभन्दा ठुलो व्यक्तिगत स्कोर बनेको छ ।
तेस्रो स्थानमा चितवन राइनोजका रवि बोपारा छन्, जसले २३२ रन बनाएका छन् । उनी पहिलो सिजनमा सर्वाधिक रन बटुल्ने ब्याटर थिए । यो सिजन ब्याटिङतर्फ उत्कृष्ट तीन खेलाडी विदेशी छन् । अर्थात् यसपालि ब्याटिङमा विदेशी खेलाडी चम्किए ।
बलिङतर्फ भने नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । विराटनगर किङ्सका सन्दीप लामिछाने ६ खेलमा १२ विकेट लिएर शीर्ष स्थानमा छन् । सुदूरपश्चिम रोयल्सका अविनाश बोहरा पनि १२ विकेटका साथ दोस्रो स्थानमा छन् । काठमान्डु गुर्खाजका शाहब आलमले पनि १२ विकेट लिएका छन् । उनले बिहीबार पोखरा एभेन्जर्सविरुद्ध अविश्वसनीय ६ विकेट लिएर २५ रन दिए, जुन अहिलेको सिजनको उत्कृष्ट बलिङ बन्यो । काठमान्डुकै करण केसीले पनि हालसम्म १२ विकेट नै लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण