नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैनः मन्त्री गुप्ता
काठमाडाैँ । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले नेपाल आर्थिक हिसावले कमजोर रहेकाले भएका श्रोत, साधनको सही उपयोग गरेर अघि बढ्नुपर्ने बताएका छन् । शुक्रवार अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा आयोजित सडक दुर्घटना न्युनिकरण सचेतना स्वयंसेवक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले सडकमा ट्राफिक लाइट जडान गर्ने, सडकलाई अझ सुरक्षित बनाउने, प्रहरीका भौतिक संरचना बढाउने विषयमा आर्थिक अवस्था कमजोर भएकाले भनेकै समयमा सबै कुरा गर्न नसकिने स्पष्ट पारे। तर भएका श्रोत र साधनको प्रयोग गरेर अघि बढ्नुपर्ने उनको भनाइ छ ।
ट्राफिक नियम आफ्नो जीवन र व्यवहारमा कार्यान्वयन गर्न पनि उनले आग्रह गरे । ट्राफिकप्रति हेर्ने दृष्टिकोण र ट्राफिकले चालक, सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्नेमा उनले जाेड दिए ।
मन्त्री गुप्ताले सकारात्मक रुपमा अघि बढ्नसके सबै काम सफल बन्दै जाने उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण