शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

'द ब्ल्यू लाइट'को केन्द्रमा बेनिशा

शुक्रबार, १९ मङ्सिर २०८२, १२ : २८
शुक्रबार, १९ मङ्सिर २०८२

सारांश

  • पुस १० गतेबाट प्रदर्शनमा आउने फिल्म 'द ब्ल्यू लाइट'को नयाँ पोस्टर सार्वजनिक गरिएको छ।
  • पोस्टरमा मुख्य कलाकार बेनिशा हमाल, महेश त्रिपाठी र ग्रिस्मा कटुवाललाई देखाइएको छ।
  • फिल्म आशा र निराशाबीचको कथामा आधारित रहेको अनुमान गर्न सकिन्छ, जसलाई बलिराम चौहानले निर्देशन गरेका हुन्।

काठमाडौँ । पुस १० गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म  हो 'द ब्ल्यू लाइट' । निर्माण युनिट यतिबेला फिल्म प्रचारमा जुटेको छ । यस्तैमा फिल्मको नयाँ पोस्टर सार्वजनिक भएको छ । जसमा फिल्मका तीन मुख्य कलाकार बेनिशा हमाल, महेश त्रिपाठी र ग्रिस्मा कटुवाल देखिएका छन् ।

पोस्टरको केन्द्रमा अभिनेत्री बेनिशा हमाल छिन् । बेनिशाका तीन ठाउँमा छिन् । सबैभन्दा ठूलो आकृतिमा उनी प्रसन्न मुद्रामा देखिएकी छन् । जहाँ उनको मुहार मात्रै देखिन्छ । यसले उनका जिन्दगीप्रति आशा रहेको देखाउँछ । अर्को एक ठाउँमा बेनिशा महेश त्रिपाठीसँग टेबुलमा छिन् । आमनेसामने रहेकाले यहाँ यी दुईबिच केही संवाद भइरहेको अनुमान लगाउन सकिन्छ । ग्रिस्मा भने आँखाभरि आँसु बनाएर रोइरहेकी देखिएकी छन् । 

पोस्टर हेर्दा फिल्म आशा र निराशाबीचको कथा अथवा उताचढावपूर्ण जिन्दगीको कथामा बनेको अनुमान गर्न सकिन्छ । 

फिल्म बलिराम चौहानले निर्देशन गरेका हुन् । चौहानको यो निर्देशनमा डेब्यु फिल्म हो । फिल्ममा बेनिशा र महेशको अलावा अर्पण थापा, आयुसमान देशराज जोशी, सृष्टि श्रेष्ठ, सुरक्षा इटानी लगायतको अभिनय छ । फिल्ममा बाल कलाकारमा ग्रिस्मा कटुवाल र सहारा शर्मा छन् ।
साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको बताइएको फिल्म स्काइफल पिक्चर्सले प्रस्तुत गरेको हो । नरेन्द्र मैनालीको छायांकन फिल्ममा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप