कर्णालीमा मन्त्रालयको संख्या ७ मा झर्यो, कानुन मन्त्रालय औपचारिक रूपमै मुख्यमन्त्री कार्यालयमा गाभियो
सारांश
- कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय मुख्यमन्त्री कार्यालयमा गाभियो।
- मंसिर १ गतेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय सोमबारदेखि कार्यान्वयनमा आएको छ।
- मन्त्रालय गाभिएपछि कर्मचारी व्यवस्थापन र शाखा विभाजन मुख्यमन्त्री कार्यालयबाटै हुनेछ।
सुर्खेत । कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय औपचारिक रूपमै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गाभिएको छ । मंसिर १ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त मन्त्रालयलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गाभ्ने निर्णय गरेको थियो ।
सोमबारदेखि कार्य सञ्चालन गर्ने निर्णयसहित औपचारिक रूपमै उक्त मन्त्रालय मुख्यमन्त्री कार्यालयमा रूपान्तरण भइसकेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सूचना अधिकारी सुरेन्द्र शाहीले जानकारी दिए ।
योसँगै साबिक कानुन मन्त्रालयका सबैजसो कर्मचारीहरूले मुख्यमन्त्री कार्यालयबाटै कार्यसम्पादन सुरु गरिसकेका छन् ।
हाल कानुन मन्त्रालयको भवनमा कर्मचारी अभिलेखालय मात्र राखिएको छ । १४ जना कर्मचारी कर्णाली प्रदेश प्रतिष्ठानमा गएका छन् भने दरबन्दी नभएका कर्मचारीहरू सम्बन्धित दरबन्दीमा फिर्ता भएका छन् । यस्तै, बाँकी रहेका कर्मचारीहरू मुख्यमन्त्री कार्यालयमा समायोजन भएका छन् ।
साविकको मन्त्रालयमा ४ वटा महाशाखाहरू थिए । ती सबै शाखाहरूलाई अहिले मुख्यमन्त्री कार्यालयमै व्यवस्थापन गरिएको छ । अहिले कानुनलाई छुट्टै शाखा, विपद् र शान्ति सुरक्षालाई गाभेर एउटै शाखा तथा सञ्चार र सूचना प्रविधिलाई अर्को शाखाका रूपमा राखिएको छ ।
यसअघि मन्त्रालयको नाम आन्तरिक मामिला तथा कानुन रहेपनि कर्मचारी खटन–पटनको काम भने मुख्यमन्त्री कार्यालयले नै गर्दै आएको थियो ।
प्रहरी समेत प्रदेशमा समायोजन नभएको अवस्थामा उक्त मन्त्रालय नाम मात्रको रहेकोले मुख्यमन्त्री कार्यालयमा गाभ्ने निर्णय सरकारले गरेको थियो ।
यो समायोजनसँगै कर्णालीमा मन्त्रालयको संख्या ७ मा झरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण